बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

‘नेकपाभित्रको समस्या समाधान हुुन्छ, कोही पनि आत्तिनु पर्दैन’

शनिबार, १३ मङ्सिर २०७७, १३ : ३८
शनिबार, १३ मङ्सिर २०७७

 सत्तारुढ नेकपाका स्थायी समिति सदस्य तथा ऊर्जामन्त्री वर्षमान पुनले नेकपाभित्रको विवादको समाधान हुने भन्दै कोही पनि आत्तिहाल्नुपर्ने अवस्था नरहेको बताएका छन् । कम्युनिस्ट पार्टीभित्र छलफल र बहस हुनु स्वाभाविक भएको भन्दै सबै समस्या छलफलबाटै समाचार हुने उनको भनाइ छ । 

शनिबार काभ्रेको पनौति जलविद्युत केन्द्रको निरीक्षणका लागि पुगेका पुनले पार्टीभित्रको अन्तर्संघर्षले अहिले सिंगो देश नै प्रभावित भएको भएपनि सबै समस्याको हल खोजिने बताए । 
पार्टी विभाजनको पक्षमा कोही पनि लाग्न नहुनेमा जोड दिँदै उनले जनमतको कदर गर्दै देश र जनताको पक्षमा काम गर्नेतर्फ लाग्नुपर्नेमा जोड दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप