शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

रौतहट गोली काण्ड : अमृताको हत्यामा संलग्न फरार पाँच जना पक्राउ

शनिबार, १३ मङ्सिर २०७७, १४ : १८
शनिबार, १३ मङ्सिर २०७७

काठमाडौं । प्रहरीले रौतहट माधव नारायण नगरपालिका-५ लौकाहा टोलकी १८ वर्षीया अमृताकुमारी साहको गोली हानी हत्या गरेको अभियोगमा ५ जनालाई पक्राउ गरेको छ ।

अमृताको गत कात्तिक २६ गते राति घरमै आमासँग सुतिरहेको अवस्थामा गोली हानेर हत्या गरिएको थियो । रौतहट प्रहरीका अनुसार गोली लागेर उनको घटनास्थलमा नै मृत्यु भएको थियो ।  

अमृतामाथि अज्ञात समूहले गोली हानेर फरार भएको थियो । घटनाको १५ दिनपछि अमृताको हत्यामा सम्लग्न व्यक्तिहरु शुक्रबार राति विभिन्न स्थानबाट पक्राउ परेका हुन् ।

पक्राउ परेका व्यक्तिलाई रौतहट प्रहरीले आइतबार सार्वजनिक गर्ने तयारी गरेको छ । उनीहरुविरुद्ध आइतबार म्याद थप गर्ने र थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप