शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रभु लाइफ इन्योरेन्सलाई आईपीओ निष्काशन गर्न अनुमति, ६० करोडको सेयर आउने

शनिबार, १३ मङ्सिर २०७७, १४ : ४७
शनिबार, १३ मङ्सिर २०७७

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले आईपीओ निष्कासन गर्ने अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले प्रभु लाइफलाई साधारण शेयर निष्कासनका लागि अन्तिम स्वीकृति दिएको हो । 
प्रभु लाइफले ६० करोड रुपैंया बराबरका ६० लाख कित्ता सेयर सर्वसाधारणलाई वितरण गर्ने प्रस्तावसहित गत असोज १४ गते धितोपत्र बोर्डमा निवेदन दिएको थियो । बोर्डले आवश्यक प्रक्रिया पूरा गरी शुक्रबार सो आईपीओको लागि अन्तिम स्वीकृति दिएको हो । 

आईपीओ जारी भएसँगै हाल १ अर्ब ४० करोड रुपैंया रहेको प्रभु लाइफको चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुग्नेछ । 

बीमा समितिबाट पछिल्लो समय लाइसेन्स पाएका १० जीवनबीमा कम्पनीमध्ये दोस्रो कम्पनी हो । यसअघि रिलायन्स लाइफ इन्स्योरेन्सको शेयर निष्कासन समेत भइसकेको छ । निर्जीवन बीमा कम्पनीतर्फ लाइसेन्स पाएका तीनवटा कम्पनीमध्ये ३ वटै कम्पनीको आईपीओ निष्कासन भइसकेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप