शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रोल्पामा दुई पुरुषको शव फेला

शनिबार, १३ मङ्सिर २०७७, १५ : ३८
शनिबार, १३ मङ्सिर २०७७

बुटवल । रोल्पामा दुई जना पुरुषको शव फेला परेको छ ।  जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार रोल्पाको सुनिल स्मृति गाउँपालिका–४ स्थित जीलाखोलामा शव फेला परेको हो ।
पहिचान नखुलेका उनीहरुको शव करिव ४ मिटरको फरकमा फेला परेको रोल्पाका प्रहरी प्रमुख उपरीक्षक नरेश सुवेदीले बताए ।

प्रारम्भिक अनुसन्धान अनुसार मृतकहरु भिरबाट खसेको हुन सक्ने प्रहरीको अनुमान छ  । माछा मार्न खोलामा गएका स्थानीयले देखेपछि प्रहरीलाई खवर गरेका थिए । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप