शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

ओलीले ३८ पेजको प्रतिवेदन पेश गर्दै भने– प्रचण्डको प्रतिवेदन फिर्ता लिनुुस्

शनिबार, १३ मङ्सिर २०७७, १६ : ४६
शनिबार, १३ मङ्सिर २०७७

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले ३८ पेजको जवाफी प्रतिवेदन पेश गरेका छन् । 
शनिबार बालुवाटारमा बसेको सचिवालय बैठकमा अध्यक्ष ओलीले आफ्नो प्रतिवेदन पेश गर्दै अर्का अध्यक्ष पष्पकमल दाहाल प्रचण्डले यसअघि पेश गरेको प्रतिवेदन झुठको पुलिन्दा भन्दै फिर्ता लिन आग्रह गरेका छन् । 

‘यो झठको पुलिन्दा हो यो तुरुन्त फिर्ता गर्नुपर्छ’, ओलीले प्रतिवदन पेश गर्दै भनेका थिए । ओलीले बोलेपछि बोलेका कार्यकारी अध्यक्ष प्रचण्डले आफ्नो प्रतिवेदन झुठको पुलिन्दा नभएर यथार्थ भएको भन्दै प्रतिवेदन फिर्ता नगर्ने बताएका थिए । त्यसपछि बरिष्ठ नेता झलनाथ खनालले पनि पार्टीको अघिल्लो बैठकमा प्रचण्डले पेश गरेको प्रतिवेदन र अन्य जेजे डकुमेन्ट पेश भएका छन् ती पार्टी सम्पति भएको भन्दै ती कसैले फिर्ता गर्नु भनेर फिर्ता नहुने बताएका थिए । 

‘ती डकुमेन्ट पार्टीका प्रोपर्टी भैसके अव ती कसैले फिर्ता गर्नुस् भनेर फिर्ता हुँदैनन्’, नेता खनालले बैठकमा राखेको धारणा उदृत गर्दै एक सचिवालय सदस्यले रातोपाटीसँग भने, ‘सवै नेताले प्रस्तुत गरेका डकुमेन्ट प्रोपर्टी भइसकेकाले फिर्ता हुँदैनन् । छलफल हुन्छन् । ’

त्यस्तै खनालले पार्टीभित्र दृष्टिकोण, अडान र कार्यशैली मतभिन्नता रहेको भन्दै ती चिजहरुले अन्तरपार्टी संघर्ष देखा पर्ने बताएका थिए । ‘यो अन्तरपार्टी संघर्षलाई विधिपूर्वक निष्कर्षमा पुर्याउनुपर्छ यो सवैको दायित्व हो’, खनालले बैठकमा भनेका थिए । त्यसैगरी उनले यी कुराहरुलाई निक्र्योल गर्दा मार्क्सवादी विज्ञानअनुसार तथ्य र सत्य पत्ता लगाउने काम गर्नुपर्ने बताएका थिए । 

उनले पार्टी एकीकरण गर्दा दुई अध्यक्षले बनाएको विधिले पार्टी चल्न नसकेको भन्दै पार्टीको विधि भनेको लेनिनले बनाएको जस्तो जनवादी केन्द्रीयताको सिद्धान्त बनाउनुपर्ने र त्यो अनुसार अघि बढ्नुपर्ने धराणा राखेका थिए । 

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप