पार्टी भन्दा ठुलो कोही छैन : माधव नेपाल, सवै निर्णय बैठकबाटै गर्नुपर्छ : गौतम
काठमाडौ । नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी भन्दा ठुलो कुनैपनि नेता हुन नसक्ने बताएका छन् । शनिबारको सचिवालय बैठकमा नेता नेपालले आफ्नो धारणा राख्दै पार्टीमा पार्टी भन्दा ठुलो नेता हुन खोज्ने प्रवृति देखिएको भन्दै पार्टीभन्दा ठुलो कोहीपनि हुन नसक्ने बताएका हुन् ।
‘पार्टी भन्दा ठुलो को हो ? आफूलाई आफैले ठुलो भन्ने ? यस्तो पनि कम्युस्टि पार्टीमा हुन्छ, हुनै सक्दैन । त्यसैले सवैले पार्टीको निर्णय मान्नुपर्छ’, नेता नेपालले अध्यक्ष ओलीप्रति लक्षित गर्दै बैठकमा भने, ‘विधि विधान र पद्धतिअनुसार पार्टी चल्नुपर्छ यसमा कसैले हुदैन भन्न मिल्दैन ।’
त्यसैगरी उपाध्यक्ष बामदेव गौतमले पार्टीमा बैठक बोलाउन ५ जना नेताहरुले बैठकको माग गर्दा पनि तोक आदेश गरिएको भन्दै एक जना सचिवालय सदस्यले बैठकको माग गरेपनि बस्नुपर्ने बताएका थिए । ‘सचिवालय सदस्यले बैठक माग गर्दा बैठक बस्नुपर्छ । तर ५ जनाले बैठक माग गर्दा पनि बैठक बस्दैन भन्ने ? अव सवै बैठकबाटै निर्णय गर्नुपर्छ’, गौतमको भनाइ उदृत गर्दै एक सचिवालय सदस्यले भने । उनले सहमति गरेर बैठक बस्ने भन्ने ओलीको भनाइप्रति संकेत गर्दै ‘सहमति गरेरर पनि बैठक हुन्छ ?’ भनेर प्रश्न गरेका थिए । ‘बैठक बसेर र छलफल गरेर मात्रै सहमति खोज्ने हो ? सचिवालय सदस्यले बोलाएपनि, कुनै एक अध्यक्ष जसले बोलाएपनि बैठक बस्नुपर्छ’, गौतमको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस मेसिन प्रदान
-
मोडल लक्ष्मण भण्डारीले गरे प्रेमिका गीतासँग विवाह
-
अभिनेताले भने, ‘कबीर सिंह’ गरेर पछुतो छ, निर्देशकले दिए चलचित्रबाट अनुहार नै हटाउने चेतावनी
-
परीक्षाको मुखमा त्रिविका विभिन्न क्याम्पसमा तालाबन्दी
-
ट्रम्पको मुद्दा चलिरहेको अदालतबाहिर एक व्यक्तिद्वारा आत्मदाहको प्रयास
-
पिसाबमा जलन र पहेँलोपन : कसरी बच्ने ?