बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

ओली सरकार अराजक : नेता भण्डारी

शनिबार, १३ मङ्सिर २०७७, १८ : ०१
शनिबार, १३ मङ्सिर २०७७

जनता समाजवादी पार्टी नेपालका नेता शरत्सिंह भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार इतिहासकै सबैभन्दा बढी अराजक सरकार रहेको टिप्पणी गरेका छन् ।

शनिबार जनकपुरमा विद्यापति स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै पूर्वरक्षामन्त्री समेत रहेका नेता भण्डारीले वर्तमान केपी शर्मा ओलीको सरकार अनुशासनहीन रहेकाले अराजकता बढेको बताए । कानूनी व्यवस्थालाई निरन्तरता दिने उद्देश्यका साथ नेपाली जनताले दुई तिहाईको बहुमतीय जनादेश दिएपनि भ्रष्टाचार, अनुशासनहीनता र अराजक गतिविधीले गर्दा मुलुकमा अस्थिरता पैदा भएको उनको दावी छ । 

उनले देशमा एकीकृत शक्ति विकेन्द्रिकरणका लागि नेपाली जनताले संघियता ल्याएपनि वर्तमान सरकारले शक्तिलाई विकेन्द्रिकरण गर्न चाहेका भन्दै उनले अहिलेको सरकारको नियतमाथि शंका लागि रहेको बताए । 

अर्को प्रसंगमा नेता भण्डारीले प्रदेश नम्बर २ सरकारले अहिलेसम्म नामाकरण गर्न नसक्नु दुःखद विषय रहेको बताए । प्रदेश नम्बर २ को नामाकरण भूगोलको आधारमा मात्र नभई पहिचान र संस्कृतिलाई समेटेर नामाकरण गर्नु आवश्यक रहेकाले सर्वसहमतिमै नामाकरण गर्न प्रदेश सरकारलाई उनले सुझाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप