बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

धनुषामा राप्रपाको एकताले पूर्णता पायो

शनिबार, १३ मङ्सिर २०७७, १८ : ०८
शनिबार, १३ मङ्सिर २०७७

धनुषामा राप्रपा संयुक्त र राप्रपाको समायोजन सम्पन्न भएको छ ।  पार्टी नेतृत्व पंक्तिले असोज २१ भित्रै पार्टी समायोजन गर्नका लागि दिएको निर्देशन अनुसार धनुषा जिल्लामा असोज २१ मै जिल्लाको अध्यक्ष चयन गरिएको थियो । बाँकी पदाधिकारीहरुको समायोजन भने शनिबार बसेको जिल्ला बैठकबाट मात्रै गरिएको हो । 
पार्टी समायोजन अन्तर्गत यसअघि नै रामचन्द्र यादवलाई जिल्लाको अध्यक्षमा चयन गरेको थियो । 

पार्टी समायोजन अन्तर्गत जिल्लाका दुवै कार्य समितिलाई यथावत नै राखिएको जनाएको छ । समायोजन पछि जिल्लामा उपाध्यक्षमा राम नारायण ठाकुर र जगदीश ठाकुरलाई चयन गरिएको छ भने सचिवमा कमलेशकुमार मण्डल र मुकेश यादवलाई चयन गरिएको जनाएको छ । 

त्यस्तै कोषाध्यक्षमा आनन्दकुमार साह, मो. दाउद, सुवोध ठाकुर, अभयकान्त ठाकुर, जैसीलाल चौहवार, महेन्द्र कापर, रुपा ठाकुर र योगेन्द्र झा लगायतका छन् । 
पशुपति शमशेर राणा र प्रकाशचन्द्र लोहनी नेतृत्वको राप्रपा संयुक्त र कमल थापा नेतृत्वको राप्रपा पार्टीबीच केन्द्रमा एकता भएपछि जिल्लामा पनि समायोजन गरिएको हो । 

पार्टीको समायोजनाका लागि शनिबार बसेको बैठकमा केन्द्रिय सदस्य मनोज मल्ल, श्रवण कुमार झा, नथुनी लाल दास, प्रमोद गोइन्का, राजकुमारी साह, प्रदेश सदस्य विक्रम पजियार, नेताहरु राजेश महतो, युसुफ साफी लगायतको उपस्थिति रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप