बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाली टेनिस खेलाडी अभिलाषालाई पाकिस्तानमा स्वर्ण

शनिबार, १३ मङ्सिर २०७७, १८ : २८
शनिबार, १३ मङ्सिर २०७७

काठमाडौं । नेपाली टेनिस खेलाडी अभिलाषा विष्टले आईटीएफ इस्लामावाद जुनियर्स यु–१८ प्रतियोगिताको ‘सर्किट १’ मा शनिबार स्वर्ण जितेकी छन् । गर्ल्स डबल्स फाइनलमा अभिलाषाले रसियाकी एरिना भालिटिभासँग मिलेर रसियाकी एकातेरिना सुभोरोभ र पाकिस्तानकी जोहा असिमलाई पराजित गरेकी हुन् ।

गर्ल्स सिंगल्समा भने अभिलाषा दोश्रो भएको नेपाल टेनिस संघका सदस्य अजय विष्टले जनाएका छन् । फाइनलमा रसियाकी एरिनासँग उनी पराजित भएकी हुन् ।
पाकिस्तानमा जारी प्रतियोगिताको ब्वाइज डबल्समा नेपालका आरभसम्राट हाडा र अकी जुवेन रावत दोश्रो भए । फाइनलमा नेपाली जोडी अमेरिकाका रोहन बेल्डे र एलेक्जेन्डर कर्मानसँग पछि परे ।

नोभेम्बर २३ देखि सुरु प्रतियोगितामा रसिया, स्पेन, अमेरिका, नेपाल, पकिस्तान, ब्रिटेन, अस्ट्रेलिया र जापानको सहभागिता रहेको सदस्य विष्टले जानकारी गराए । प्रतियोगिता अन्तर्गत सर्किट–२ भने सोमबारदेखि सुरु हुनेछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप