
जर्बजस्ती करणीको अभियोगमा ६ जना कारागार चलान

कैलालीमा दुई किशोरीमाथि जर्बजस्ती करणी गरेको अभियोगमा पक्राउ परेका छ जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।
जिल्ला अदालत कैलालीले अर्घाखाँचीका जानकी गाउँपालिका–५ का धिरेन्द्र विष्ट, नरेश चौधरी, रमेश शाही, रामबहादुर चौधरी, मनोज चौधरी र महेश चौधरीलाई पुर्पक्षका लागि कारागार चलान गरेको हो ।
गत कात्तिक ८ गते जानकी गाउँपालिका–५ स्थित १३ र १४ वर्षीया दुई किशोरीमाथि जबर्जस्ती करणी गरेको अभियोगमा पक्राउ परेको उनीहरुविरुद्ध प्रहरीले जिल्ला अदालत कैलालीमा मुद्दा दायर गरेको थियो ।
जिल्ला अदालत कैलालीको आदेशले पुर्पक्षका लागि उनीहरुलाई कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए ।
उन्का अनुसार ६ जना पुर्पक्षका लागि कारागार चलान भएका छन् भने दुई जना बाल सुधार गृह पठाइएको छ । बलात्कार आरोपी एक जना अझै फरार रहेको बताइएको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
तपाईको ईमेल गोप्य राखिनेछ