शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भारतमा कोरोना संक्रमितको संख्या ९३ लाख ५१ हजार नाघ्यो

शनिबार, १३ मङ्सिर २०७७, १८ : ५५
शनिबार, १३ मङ्सिर २०७७

 भारतमा शुक्रवार थप ४१ हजार ३२२ जनामा कोभिड १९ संक्रमण भएपछि कूल संक्रमितको संख्या ९३ लाख ५१ हजार नाघेको केन्दीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शनिबार जानकारी दिएको छ  । भारत कोरोना भाइरसबाट अमेरिकापछि सबैभन्दा बढी प्रभावित भएको राष्ट्र हो ।

 भारतमा पछिल्लो २४ घण्टामा थप ४८५ जना कोरोना संक्रमणको कारण मृत्यु भएपछि भारतभर कोरोनाका कारण मृत्यु हुनेको संख्या १ लाख ३६ हजार २०० पुगेको छ ।यहाँ कोरोना भाइरस शुरु भएयता भएका सम्पूर्ण संक्रमितहरु मध्ये ८७ लाख ५९ हजार ९६९ व्यक्ति कोरोना मुक्त भएका पनि मन्त्रालयले जानकारी दिएको छ । यस राष्ट्रमा महाराष्ट्र,दिल्ली र केरला क्रमशः कोरोना भाइरस बढी प्रभावित  राज्यको रुपमा रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप