प्रधानमन्त्री ओलीलाई ट्रान्सपरेन्सी इन्टरनेसनलको प्रतिवेदन पढ्न काँग्रेसको आग्रह
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ट्रान्सपरेन्सी इन्टरनेसनलको प्रतिवेदन पढ्न आग्रह गरेको छ ।
वर्तमान सरकार बनेपछि मुलुकमा भ्रष्टाचार व्यापक बढेको र प्रधानमन्त्री स्वयंले संरक्षण गरेको भनेर नेपाली काँग्रेसले व्यक्त गरी आएको समीक्षालाई अन्ततः ट्रान्सपरेन्सी इन्टरनेसनलको ताजा प्रतिवेदनले पुष्टि गरेको काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माद्वारा शनिबार जारी विज्ञप्तिमा उल्लेख छ ।
पछिल्लो एक वर्षमा एसियाली मुलुकहरूमध्ये नेपालमा धेरै भ्रष्टाचार बढ्नु दुःखद् भएको र भ्रष्टाचारीको संरक्षण स्वयं प्रधानमन्त्रीले गरिरहेको किटानी विवरण प्रतिवेदनमा आउनु देशकै लागि लज्जास्पद रहेको काँग्रेसको ठहर छ ।
वाइडबडी, बालुवाटार, यतीदेखि सेक्युरिटी प्रिन्टिङ प्रेस हुँदै स्वास्थ्य सामग्री खरिदसम्ममा भएको भ्रष्टाचार प्रकरणउपर निष्पक्ष छानबिन र कारबाहीका लागि काँग्रेसले विगतदेखि नै संस्थागत निर्णयहरुका साथ माग राख्दै आएको पनि विज्ञप्तिमा उल्लेख छ ।
‘भ्रष्टाचारीको अनुहारसम्म हेर्दिनँ’ भनेर अभिव्यक्ति दिने अनि भ्रष्टाचारको अनेक प्रकरण ढाकछोप गर्न ओहोदाकै मर्यादासम्म प्रधानमन्त्रीले बिर्सिएको काँग्रेसले आरोप छ ।
भ्रष्टाचारविरुद्ध उठेका आवाजलाई पूर्वाग्रहपूर्ण देख्ने प्रवृत्तिले मुलुकमा झनै बेथिति र भ्रष्टाचार बढाउने अनुमान गर्न सकिने काँग्रेसको ठहर छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी