बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

व्यवस्था नै गुम्छ कि भन्ने आशंका बढ्यो : शेखर कोइराला

शनिबार, १३ मङ्सिर २०७७, १९ : ३३
शनिबार, १३ मङ्सिर २०७७

काठमाडौं । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले सामाजिक र भौतिक दुरी कायम राख्दै १४औं महाधिवेशनमा लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।

चिकित्सक समेत रहेका उनले भाईरस अझै केही समय रहिरहन सक्ने बताउॅदै यसैको वा अन्य कुनै बहानामा पार्टीको महाधिवेशन रोकिन नहुॅने बताए।

कोइरालाले केन्द्रीय परिपत्र अनुसार छिटो क्रियाशील सदस्यता टुंग्याएर केन्द्रमा पठाउन जिल्ला सभापतिहरूलाई आग्रह समेत गरे ।

कोइरालाले कुनैपनि बाहानामा पार्टीको महाधिवेशन रोकिन नहुनेमा जोड दिएका थिए ।

नेपाली काँग्रेस सुनसरी–काठमाडौ सम्पर्क समितिले काठमाडौंमा आयोजना गरेको रक्तदान कार्यक्रममा डा. कोइरालाले भने ,‘ १४ औं महाधिवेशन मार्फत काँग्रेसलाई जनतामैत्री र गतिशील बनाई जीवन्तता दिन आवश्यक छ। कुनै पनि बाहानामा पार्टीको महाधिवेशन रोकिन हुन्न । ’


यस्तै कोइरालाले व्यवस्था नै गुम्छ कि भन्ने आशंका बढेको बताए ।

‘सबै तिरबाट लोकतन्त्रमाथि प्रहार हुन थाल्यो । व्यवस्था नै गुम्छ कि भन्ने आशंका बढेको छ । सबै सचेत हुने बेला आएको छ,’ उनले भने ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप