शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

रियल पराजित हुँदा हजार्ड पुनः घाइते

आइतबार, १४ मङ्सिर २०७७, ०७ : ३४
आइतबार, १४ मङ्सिर २०७७

साबिक विजेता रियल म्याड्रिड आफ्नै घरेलु मैदानमा आलाभेससँग पराजित भएको छ ।  शनिबार भएको खेलमा रियल १–२ गोलअन्तरले पराजित बनेको हो ।

खेलमा एडिन हजार्ड पुनः घाइते भएका छन् । यो सिजन लिगमा तेस्रो खेल, तथा सबै प्रतियोगितामा मात्र चौथो खेलमा शुरुवात गरेका हजार्ड खेलको २८ औँ मिनेटमा मैदान छाड्न बाध्य बनेका थिए ।

२९ वर्षीय बेल्जियन खेलाडी सन् २०१९ मा चेल्सीबाट करिब १५ लाख पाउन्डमा रियल आएका थिए । तर, उनले त्यसयता मात्र २७ खेल खेलेका छन् । सिजनको सुरुवात चोटका कारण गुमाएका उनले त्यसपछि कोरोना संक्रमणका कारण खेल गुमाएका थिए ।

खेलको पाँचौ मिनेटमा नै लुकास पेरेजले पेनाल्टीमार्फत आलोभसलाई अग्रता दिलएका थिए । त्यसपछि गोलकिपर थियाबट कोर्टवाको गल्तीको फाइदा उठाउँदै जोसेलुले अग्रता दोब्बर बनाए । खेलको अन्त्यतिर कासेमिरोले रियलका लागि सान्तवना गोल फर्काए ।

जिनेदिन जिदानको टोली पछिल्ला ती लिग खेलमा जीतविहीन रहेको छ । पराजयसँग रियल लिगको चौथो स्थानमा खस्किएको छ । लिगको शीर्ष स्थानमा रहेको रियल सोसिडाडभन्दा ६ अंकले पछि रहेको छ ।

अन्त्य खेलमा यो सिजन अपराजित रहेको एथ्लेटिको म्याड्रिडले भ्यालेन्सियालाई १–० ले हराउँदै शीर्ष स्थानमा सोसिडाडसँग अंक बराबरी गरेको छ । यद्यपि, एथ्लेटिकोले एक खेल कम खेलेको छ । त्यस्तै, सेभियाले हुएस्कालाई १–० गोलले हरायो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप