शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

चिनियाँ रक्षामन्त्रीलाई उप–प्रधानमन्त्रीस्तरीय सुरक्षा व्यवस्था

आइतबार, १४ मङ्सिर २०७७, ०९ : ५०
आइतबार, १४ मङ्सिर २०७७

 

काठमाडौँ । चिनियाँ रक्षामन्त्री जनरल वेई फेंग्हेको भ्रमणलाई लक्षित गरेर काठमाडौँको सुरक्षा व्यवस्था कडा पारिएको छ । नेपालको एकदिने औपचारिक भ्रमणका लागि चीनका पहिलो नम्बरका स्टेट काउन्सिलर एवम् रक्षमन्त्री नेपाल आउँदै छन् । आईतबार बिहान १० बजे २० सदस्यीय प्रतिनिधी मण्डलसहित वेई काठमाडौँ आउँदै छन् ।

चिनियाँ रक्षामन्त्रीको सुरक्षार्थ काठमाडौँको सुरक्षा व्यवस्था कडा पारिएको महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी अशोक सिंहले रातोपाटीलाई बताए । ‘सुरक्षाका लागि आवश्यक जनशक्ति परिचालन गरेका छौँ,’ एसएसपी सिंहले भने ।

भारतका विदेशसचिव हर्षबर्धन शृङ्गला फर्केको दुई दिनपछि चिनियाँ रक्षामन्त्रीको भ्रमण हुन लागेको हो ।

वेईलाई गृहमन्त्रालयले उप–प्रधानमन्त्री स्तरको सुरक्षा दिने भएको छ । गृह मन्त्रालयको संयोजनमा चिनियाँ रक्षामन्त्रीलाई उप–प्रधानमन्त्रीस्तरीयय सुरक्षा व्यवस्था मिलाइने नेपाली सेनाका प्रवक्ता (सहायकरथी) सन्तोष बल्लभ पौडेलले रातोपाटीलाई बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप