शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो प्रभावकारी तरिका जसले खानालाई दुई हजार वर्षसम्म सुरक्षित राख्छ

आइतबार, १४ मङ्सिर २०७७, १० : ०३
आइतबार, १४ मङ्सिर २०७७

कोभिड–१९ महामारीलाई दोस्रो विश्वयुद्धपछि संसारमा आएको सबैभन्दा खराब स्थिती बताइँदैछ ।

यो महामारी रोक्नका लागि संसारमा लकडाउनको तरिका अपनाइयो । मानिसहरु घरमा कैद भए । बाहिरी दुनियाँ पूर्ण रुपमा बन्द भयो । उत्पादन रोकिँदा खानाको आपूर्ति पनि प्रभावित भयो । यस्तोमा मानिसहरु विशेषगरी जो घरबाट टाढा होस्टलमा बसिरहेका थिए, उनीहरुको एउटै साहारा थियो प्याक्ड फूड वा डिब्बामा बन्द गरिएका खाना वा रेडी टु ईट फूड । यदि यी खाना खराब हुन्छ भने के हुन्छ ?

जानकारका अनुसार यदि खाना राम्रो तरिकाले संरक्षित गरियो भने यसलाई वर्षौंसम्म त्यसको सबै पोषक तत्वसहित सुरक्षित राख्न सकिन्छ ।

कुनै पनि खानामा किटाणु उत्पत्ति भएका कारण खराब हुन्छ । यदि खानामा ब्याक्टेरिया पैदा नै हुन नदिए त्यसलाई जहिले पनि प्रयोग गर्न सकिन्छ ।

खानालाई कसरी सुरक्षित बनाउन सकिन्छ ?

मानिसहरु शताब्दिऔं देखि फूड प्रिजर्भेसन अर्थात् खानपिनलाई लामो समयसम्म बचाएर राख्नका लागि विभिन्न प्रकारको तरिका अपनाउँछन् । जस्तै, खानालाई सुकाएर, त्यसमा नुन राखेर, चिनीको तह लगाएर, केमिकलमार्फत् वा टाइट डिब्बामा सुरक्षित गरेर राख्न सकिन्छ ।

युनिभर्सिटी कलेज लण्डनमा फूड एक्सपर्ट माइकल सुलुका अनुसार खानालाई सुकाएर राख्नु सबैभन्दा राम्रो तरिका हो । खाना सुकाउँदा त्यसमा किटाण पैदा हुने सम्भावना रहँदैन ।

यस्तै, एयर टाइट डिब्बामा खाना राख्दा त्यसमा यस्ता किटाणु पैदा हुनसक्छ जुन हावाको कम आपूर्तिमा नै बढ्छन् । उदाहरणको रुपमा मासुलाई एनोरोबिक वर्गको किटाणुले खराब गर्छ । र यो किटाणु कम अक्सिजनमा नै फल्ने–फुल्ने गर्छ ।

खानामा नुन लगाएर पनि संरक्षित गर्न सकिन्छ । तर यो तरिका खासै प्रभावकारी भने छैन । र यस्तो प्रकारको खाना प्रयोग पनि गर्न सकिँदैन । तर मासुलाई सुकाएर र नुन लगाएर लामो समयका लागि संरक्षित गर्न सकिन्छ ।

चिनीको मोटो पत्र लगाएर पनि खानालाई लामे समयका लागि राख्न सकिन्छ ।

वास्तवमा चिनीले कुनै पनि प्रकारको किटाणुलाई वृद्धि हुन दिँदैन । यसै कारण टफी, चकलेट वा धेरै मिठा खानेकुरा लामो समयसम्म बिग्रँदैन । तर चिनीमा अन्य खाद्य पदार्थ जस्तै खुवा, दुध, स्टार्च वा अण्डा आदि प्रयोग गरिएको छ भने खानाको उमेर त्यति नै कम हुन्छ ।

अहिले पनि हज्जारौं वर्ष पुरानो तरिकाः

आइसल्याण्डमा म्याकडोनल्ड्सको बिग म्याक बर्गर नै सायद संरक्षित खानाको सबैभन्दा चर्चित र एक्लो उदाहरण हो । त्यहाँ बर्गरलाई काँचको एउटा बक्समा राखिएको थियो जसले हावाको मात्रालाई सिमित गर्छ । साथै, यसमा यस्ता प्रिजर्भेटिव्स हालिएका थिए जसले किटाणु जन्मन दिँदनथ्यो ।

यसलाई माग पूरा गर्नका लागि सुपरमार्केटमा लामो समयका लागि राख्न सकिन्थ्यो । त्यसैले यो खानामा यस्ता फूड प्रिजर्भेटिव्स राखिएका हुन्छन् जसले खाना बिग्रन दिँदैन ।

चिनीले बनेको ट्विंक एउटा यस्तो स्न्याक हो जसलाई निकै रुचाइन्छ र लामो समयसम्म घरमा राखेर प्रयोग गर्न सकिन्छ । यसको सेल्फ लाइफ केही हप्तासम्मको हो । तर यो स्न्याक रुचाउनेहरुले यस्तो तकिा अपनाउँछन् जसले यसलाई ४४ हप्तासम्म सुरक्षित गर्ने गर्छ । युट्युबमा एउटा भिडियो छ जसमा २७ वर्ष पुरानो ट्विंकी काटिएको देखाइएको छ ।

महको त कुरै नगरौं । यो त कहिले पनि खराब नै हुँदैन । किनभने यसमा पानीको मात्रा शून्य बराबर हुन्छ र यसमा यस्ता प्राकृतिक संरक्षक हुन्छ जसमा किटाणु पैदा नै हुन दिँदैन ।

संसारको सबैभन्दा पुरानो महको नमूना इजिप्टको तूतेनखामनको चिहान र जर्जियाको एक चिहानमा भेटिएको छ । यो ३ हजार वर्ष पुरानो हो । खाना संरक्षित गर्ने तरिका आजपनि त्यस्तै छ जुन हज्जारौं वर्ष पुराना थिए ।

जमिनमा गाडेर र बरफमा राखेर...

धेरै चिल्लो भएको खाना जस्तै तेल, मख्खन, घ्यूलगायत पनि लामो समयका लागि संरक्षित गर्न सकिन्छ । बग बटर एक विशेष प्रकारको मख्खन हो ।

आयरल्याण्ड र स्कटल्याण्डमा यो बटरको ४ हजार वर्ष पुरानो कन्टेनर पाइएको छ जसलाई जमिनमा गाडेर राखिएको थियो ।

प्राचिन मानिसहरु कुनै सिद्धान्त वा मान्यतालाई अनुसरण गर्दै मख्खन वा जनावरको बोसोलाई गाड्ने गर्दथे । अथवा यस्ता बोसोलाई चोरबाट जोगाउनका लागि लामो समयसम्म प्रयोग गर्ने उद्देश्यले यसलाई जमिनमा गाडेको पनि हुनसक्छ ।

रक्सीको बारेमा त रक्सी जति पुरानो भयो त्यति नै राम्रो हुन्छ भन्ने मान्यता राखिन्छ ।

जर्मनीका स्पायरको एक प्राचिन रोमन समाधिस्थलमा संसारको अहिलेसम्मको सबैभन्दा प्राचिन रक्सीको बोतल पाइएको छ । यो बोतल करिब १७ सय वर्ष पुरानो हो । तर यो बोतलको रक्सी अहिलेसम्म कसैले पनि चाखेका छैनन् । यसका साथै स्याम्पेनको सबैभन्दा पुरानो बोतल २०० वर्ष पुरानो छ ।

मासुलाई यदि निकै कम तापक्रममा वा बरफमा राखिएको खण्डमा यो निकै लामो समयसम्म खान योग्य हुनसक्छ ।

हिमालको बरफमा यस्ता थुप्रै विशाल हात्ती, म्यामथ र अन्य जीवको शव भेटिएका छन् जुन वर्षौंदेखि बरफमा नै गाडिए । र जब त्यसलाई निकालियो तब त्यसको मासु पूर्ण रुपमा सही थियो । यहाँसम्म कि त्यसको रङ पनि फेरिएको थिएन । बरफ हटेर पग्लन थालेपछि त्यसमा परिवर्तन देख्न थालियो ।

माछालाई बरफमा लामो समयसम्म राख्न अलि मुश्किल हुन्छ ।

माछालाई धेरै समयसम्म बरफमा राख्दा माछाको मांसपेशीमा विभिन्न प्रकारको रासायनिक परिवर्तन हुन थाल्छ । जसले यसको स्वाद नष्ट गरिदिन्छ । तर आज प्रविधिको समय हो, यस्तो अवस्थामा प्रविधिको मद्दतले पनि यसलाई लामो समयका लागि संरक्षित गर्न सकिन्छ ।

वर्तमानमा संसार जुन स्थितीबाट गुज्रिरहेको छ त्यो एक मुश्किल समय हो । तर पनि जीवन चलिरहेको छ ।

यदि भविष्यमा यस्तै स्थिती पैदा भए र ताजा खानाको आपूर्ति बन्द भए तपाईं घरमा नै राखिएको सुकाइएको खाना वा कुनै पनि सुपरमार्केटबाट प्याक्ड फूड किनेर पेट भर्न सक्नुहुन्छ । –बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप