बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

आफ्नै घरको छतबाट खसेर एकको मृत्यु

आइतबार, १४ मङ्सिर २०७७, ११ : २१
आइतबार, १४ मङ्सिर २०७७

काठमाडौं । कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ गुलरियामा शनिबार राति आफ्नै घरको छतबाट खसेर एक पुरुषको मृत्यु भएको छ । ५० वर्षीय गणेश राज ओझाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

छतबाट खसेर ओझा गम्भीर घाइते भएका थिए । घाइते ओझाको कैलालीको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी अमरबहादुर थापाले बताए ।
घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप