शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

आजपनि घट्यो सुनको मूल्य, तोलामा ९० हजार ७०० रुपैयाँ

आइतबार, १४ मङ्सिर २०७७, ११ : ४३
आइतबार, १४ मङ्सिर २०७७

नेपाली बजारमा आइतबार पनि सुनको मूल्यमा गिरावट आएको छ । पछिल्लो समय घट्दो क्रममा रहेको सुनको मूल्य आइतबार तोलामा ९० हजार ७०० रुपैयाँ कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा ९१ हजार ३०० रुपैयाँ रहेको छापावाल सुन आइतबार घटेर ९० हजार ७०० रुपैयाँ कायम भएको हो । 

यस्तै तेजावी सुन तोलामा ९० हजार २०० रुपैयाँमा कारोबार भएको छ । 

यस्तै शुक्रबार तोलामा ११६५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार पनि घटेर तोलामा ११५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप