बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

लागुऔषध ब्राउन सुगरसहित ६ जना पक्राउ

आइतबार, १४ मङ्सिर २०७७, १२ : १२
आइतबार, १४ मङ्सिर २०७७

प्रहरीले सुनसरी र झापाका दुई छुट्टाछुट्टै स्थानबाट अवैध लागुऔषध ब्राउन सुगरसहित ६ जनालाई पक्राउ गरेको छ । शनिवार इलाका प्रहरी कार्यालय धरानबाट खटिएको टोलीले धरान उपमहानगरपालिका–१० का ३१ बर्षीय बिकी श्रेष्ठलाई ८ ग्राम ५० मिलिग्राम र धरान–३ का २६ बर्षीय रिहान अन्सारीलाई ३५ मिलिग्राम लागुऔषध ब्राउन सुगरसहित पक्राउ गरेको हो ।

यसैगरी वडा प्रहरी कार्यालय भद्रपुर, झापाबाट खटिएको टोलीले शनिवार राति सवा ७ बजे लागुऔषध ब्राउनसुगरसहित ४ जनालाई पक्राउ गरेको छ ।

भारतबाट नेपालतर्फ आउँदै गरेका भद्रपुर–४ का १९ वर्षीय पुष्कर थापा, भद्रपुर–५ का २६ वर्षीय मदन विक, हल्दिवारी गाउँपालिका–१ का लोकेन्द्र गुराँगाई र भद्रपुर नगरपालिका–४ का २१ वर्षीय राजन माझी पक्राउ परेका हुन् ।

उनीहरुको साथबाट ७ ग्राम लागुऔषध ब्राउन सुगर बरामद भएको छ । पक्राउ परेकाहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप