बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

पाकिस्तान क्रिकेट टोलीका कप्तानमाथि यौनशोषणको आरोप, युवती भन्छिन् – गर्भवती हुँदा ज्यान मार्ने धम्की दिइयो

आइतबार, १४ मङ्सिर २०७७, १२ : ३७
आइतबार, १४ मङ्सिर २०७७


पाकिस्तान क्रिकेट टोलीका कप्तान बाबर आजममाथि यौन र शारीरिक शोषणको आरोप लगोको छ । पाकिस्तानकी एक युवतीले बाबरमाथि यस्तो आरोप लगाएकी हुन् ।

पाकिस्तानको समाचार च्यानल ‘२४ न्यूज’ सँग कुराकानी गर्दै ती युवतीले बाबारले आफूलाई विवाह गर्ने आश्वासन दिएर १० वर्षसम्म यौनशोषण गरेको आरोप लगाइन् । आफू गर्भवती भएपछि कुटपीट गर्दै ज्यान मार्ने धम्कीसमेत दिएको उनको भनाइ छ ।

पाकिस्तानी मिडियाले तीन युवतीको नाम हाजीमा रहेको बताएको छ । ‘बाबर र म एकै विद्यालयमा पढ्थ्यौँ । हामी एउटै टोलका हौँ । उनले मलाई प्रपोज गरेका थिए जसलाई मैले स्वीकार गरेँ । उनले त्यतिबेला क्रिकेट खेल्न सुरु गरेका थिएनन्,’ उनले भनिन् ।

‘समय बित्दै गएपछि हामीले विवाहको योजना बनायौँ । हामीले आ–आफ्नो परिवारसँग कुरा गर्यौँ तर उनीहरुले स्वीकार गरेनन् । त्यही भएर हामी सन् २०११ मा घरबाट भाग्यौँ,’ उनी भन्छिन्, ‘बाबरले मलाई सधैँ अदालतमा गएर विवाह गर्ने भन्यो । हामीले गुलबर्ग र पञ्जाब हाउजिङ सोसाइटीमा भाडामा बस्यौँ । तर, उनले विवाह गरेनन् ।’

‘सन् २०१४ मा राष्ट्रिय टोलीमा छानौट भएपछि उनको व्यवहार बदल्न थाल्यो । अर्को वर्ष मैले विवाहको बारेमा सोध्दा त्यसलाई अस्वीकार गरे,’ ती युवतीको आरोप छ ।

हामीजाका अनुसार उनी २०१५ पहिलो पटक गर्भवती भएकी थिइन् । त्यतिबेला बाबर र उनको साथी मिलेर गर्भपतन गर्न लगाएका थिए । गर्भवती हुँदा आफूलाई ज्यान मार्ने धम्की पनि दिएको उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप