शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

काठमाडौं महानगर र रामग्राम नगरबीच भगिनी सम्बन्ध स्थापना

आइतबार, १४ मङ्सिर २०७७, १३ : १०
आइतबार, १४ मङ्सिर २०७७

काठमाडौँ महानगरपालिका र रामग्राम नगरपालिका बीच अन्तरस्थानीय तह भगिनी सम्वन्ध स्थापना भएको छ । आपसी समन्वय, सहकार्य र साझेदारीमार्फत दुई नगरबिच अनुभव आदान–प्रदान गर्ने उदेश्यले यी नगरबिच भगिनी सम्वन्ध स्थापना भएको हो । 

भगवान गौतम बुद्धको अस्थिधातु रहेको प्राचिन नगर रामग्राम र संघीय राजधानी काठमाडौंको ऐतिहासिक, धार्मिक र पुरातात्विक महत्वको काठमाडौं महानगरपालिका बीच दुई नगरका प्रमुखले शनिबार साँझ हस्ताक्षर आदान–प्रदान गरी भगिनी सम्वन्ध स्थापना भएको घोषणा गरे ।

काठमाडौं महानगरपालिकाका तर्फबाट प्रमुख विद्या सुन्दर शाक्य र रामग्राम नगरपालिकाका तर्फबाट प्रमुख नरेन्द्र कुमार गुप्ताले सहमति–पत्रमा हस्ताक्षर गरी दुई नगरहरुका बीच भगिनी सम्वन्ध स्थापना गरी मैत्रीपूर्ण तथा दिगो संस्थागत सम्वन्ध स्थापना गर्ने, संस्थागत प्रणालीलाई अझ सुदृढ र सवल बनाउने, आपसी हित र सहकार्यलाई बढावा दिने प्रतिवद्धता व्यक्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप