
वनको नाममा आएको एक सय २२ बिगाह जग्गा जिल्ला प्रमुखहरुद्वारा स्थलगत निरीक्षण

व्यक्तिको नामबाट हालै डिभिजन वन कार्यालय रौतहटको नाममा आएको बनक्षेत्रको जग्गा जिल्लाका प्रमुखहरुले संयुक्तरुपमा स्थलगत अनुगमन गरेका छन् । व्यक्तिको नामबाट दर्ता खारेज गरी झण्डै पाँच वर्षपछि सरकारको नाममा आएको राष्ट्रिय वन क्षेत्रको एकसय २२ विगाह जग्गा रौतहटका सिडिओ ईन्द्रदेव यादवको नेतृत्वमा गएको कार्यालय प्रमुखहरुको टोलीले स्थलगत निरीक्षण गरेको हो ।
सञ्चारकर्मीसहित गएको कार्यालय प्रमुखहरुको टोलीद्वाारा जग्गाको स्थलगत निरीक्षणपश्चात् बिगत लामो समयदेखि अतिक्रमण भएको अन्य जग्गा खाली गराउने अभियाननै चलाएको डिभिजन बन कार्यालय रौतहटका प्रमुख बिनोद कुमार सिंहले बताए ।
अभियान अन्तरगत गुजरा नगरपालिका–९ साविक रंगपुर–५ मा रहेको बन क्षेत्रको एक २२ बिगाहा जग्गाको दर्ता गत कार्तिक २७ गते दर्ता खारेज भएको प्रमुख सिंहले जानकारी दिएका छन ।
गतकात्र्तिक २३ गते जिल्ला प्रशासन कार्यालय, नापी कार्यालय, मालपोत कार्यालय र डिभिजन वन कार्यालय रौतहटको संयुक्त बैठकको निर्णयको आधारमा गतकात्तिक २७ मालपोत कार्यालय चन्द्रपुरले २६ जना व्यक्तिहरुको नाममा दर्ता भएको बनक्षेत्र को दर्ता खारेज गरेको थियो ।
सिडियो ईन्द्रदेव यादव र बन प्रमुख विनोदकुमार सिंहको सक्रियतामा व्यक्तिको नाममा रहेको बनक्षेत्रको जग्गाको श्रेस्ता बदर गरी एक सय २२ बिगाहा जग्गा नेपाल सरकारको नाममा फिर्ता ल्याएको डिभिजन बन कार्यालय चोँचाका प्रमुख राजेश साहले जानकारी दिए ।
गुजरा खोल्सीदेखि पूर्व आवादी गाउँदेखि पश्चिम, बागमती सिचाइको नहरदेखि दक्षिण, गुजरा खोल्सीदेखि उत्तरको वन क्षेत्रको सो जग्गा बर्षौ अघि सर्लाही , ओखलढुंगा, काठमाडौँ, रामेछाप, सिन्धुली, सोलुखुम्बु, सिन्धुपाल्चोक, रौतहटलगायत जिल्लाका २६ जनाले २०७२ सालमा आफ्नो नाममा दर्ता गराएका थिए ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ