शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्राविधिक शिक्षा पढाउन आवश्यक छः उपाध्यक्ष डा.कँडेल

आइतबार, १४ मङ्सिर २०७७, १३ : ३२
आइतबार, १४ मङ्सिर २०७७

धादिङ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.पुष्पराज कँडेलले  प्राविधिक शिक्षाको अध्ययन अध्यापनमा  जोड दिन नीलकण्ठ क्याम्पसलाई आग्रह गरेका छन् । नीलकण्ठ बहुमुखी क्याम्पसको क्याम्पससभाको दोस्रो बैठकलाई शनिबार सम्बोधन गर्दै उनले प्राविधिक विषय इञ्जिनीयरिङ र चिकित्सक विषयको अध्ययन थप गनुपर्ने बताए ।  बजारमा प्राविधिक विषयको अध्ययन गर्ने जनशक्तिको माग धेरै भए पनि पढाइ नभएका कारण मागसमेत परा गर्न नसकेको यसतर्फ लाग्नुपर्ने उपाध्यक्ष डा.कँडेलको भनाइ छ । 

कार्यक्रममा सांसद खेमप्रसाद लोहनीले जिल्लाको शिक्षाको विकास क्याम्पसले गरेकोले यसलाई सबैको पहुँचमा हुनेगरी उपयोगी बनाउनुपर्नेमा जोड दिएका छन् ।  सञ्चालक समितिका अध्यक्ष रामनाथ अधिकारीको अध्यक्षतामा सम्पन्न क्याम्पससभामा क्याम्पस प्रमुख नवराज शर्माले रणनीतिक योजना र शैक्षिक गतिविधिबारे प्रतिवेदन प्रस्तुत गरेका थिए । 

नीलकण्ठ क्याम्पसमा ९८९ विद्यार्थी रहेका छन् । प्राविधिक शिक्षा शुरुआतका लागि आवश्यक प्रक्रिया अघि बढाउने र  सहकारीसम्बन्धी नयाँ पाठ्यक्रम निर्माण गर्ने आधार तय गर्ने क्याम्पससभाले निर्णय गरेको छ ।  जिल्लाको पहिलो सामुदायिक सो क्याम्पसको सञ्चालक समितिको अध्यक्षमा शम्भुुकुमार श्रेष्ठ चयन भएका छन् ।

आगामी चार वर्षका लागि उनलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । उनी क्याम्पस स्थापनाकालका क्याम्पस प्रमुख रहेका थिए । क्याम्पस सञ्चालक समितिको बैठकले क्याम्पस प्रमुखमा नवराज शर्मालाई निरन्तरता दिने निर्णय गरेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप