‘नालापानी’ लाई विशेष फिल्म घोषणा गर्न माग
काठमाडौं । सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अंग्रेज–नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाईंलाई कथा बनाएर निर्माण भएको फिल्म ‘नालापानी’ लाई विशेष फिल्म घोषणा गरि आर्थिक सहयोग उपलब्ध गराउन फिल्म सम्बन्धित ६ संघ–संस्था चलचित्र कलाकार संघ, चलचित्र निर्देशक समाज, चलचित्र निर्माता संघ, चलचित्र प्राविधिक संघलगायतले सरकारसँग अनुरोध गरेका छन् ।
चलचित्र विकास बोर्डमार्फत सबैको सहभागितामा एक पत्र लेख्दै निर्माण युनिटले फिल्म ऐतिहासिक नालापानीको युद्धको कथावस्तुलाई उजागर गरी राष्ट्रिय गौरव, राष्ट्रिय प्रेम तथा देशभक्तिको बिषय बनेकोले यसको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रचारप्रसार तथा प्रबद्र्धनमा सहयोग गर्दै बिशेष फिल्म घोषणा गर्न समेत सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई आग्रह गरेको छ ।
फिल्मका निर्माता तथा निर्देशक रिमेश अधिकारीले बोर्ड सहित ६ वटा संस्थाले सहयोगका लागि गरेको अग्रह पत्र सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङ भेटेरै बुझाएका छन् । पत्र बुझ्दै मन्त्री गुरुङले राष्ट्रिय गौरवको कथामा फिल्म ‘नालापानी’ निर्माण भएकोमा खुसी व्यक्त गर्दै मन्त्रालयबाट हुने सहयोग उपलब्ध हुने बताएको निर्देशक रिमेश अधिकारीले जानकारी दिए ।
रिमेश अधिकारी फिल्म प्रोडक्सनको प्रस्तुति रहेको यो फिल्म बिजिबि इन्टरटेनमेन्ट र गंगानारायण फिल्मस्ले मिलेर बनाएको हो । देशभक्त खनाल, अर्जुनजंग शाही, सन्तोष पन्त, मनोज शाक्य, विशाल पहारी, विजय बिष्फोट, पुजना प्रधान, गीता अधिकारी, महावीर विश्वकर्मा, ईशान बिजु श्रेष्ठ, हिक्मत थपलिया, जनक बर्तौला, विशाल श्रेष्ठ, सहिना भट्टराई, गीत बिष्ट, युग जंग कार्की, सिमन खड्का, सुशील खडका (डेभिड), बाल कलाकार तेजस्वी अधिकारी, हार्दिक थपलिया, प्रनिस शाक्य, निर्माण थपलिया साथै विदेशी कलाकारहरु एन्ड्रोइन डंकन, रेचल मोलेस, पल विकिन्सन लगायतको अभिनय फिल्ममा रहेको छ । प्रा.डा.धनराज कुँवर र रामराजा कुँवरद्वारा लिखित ‘नालापानीका नायक वीर बलभद्र कुँवर’ पुस्तकमा आधारित रहेर फिल्म निर्माण भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषधको मुद्दा लागेर फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै