
मोरङमा युवती बलात्कार गर्ने युवक पक्राउ

काठमाडौं । मोरङको रंगेलीबाट शारीरिक र मानसिक रुपमा फरक क्षमता भएकी युवतीलाई बलात्कार गरेको आरोपमा एक युवा पक्राउ परेका छन् । शनिबार अपरान्ह दुई बजे रंगेली नगरपालिका–५ बहुवान स्थित कदमगाछि टोल बस्ने ती युवतीलाई २५ वर्षका बौका भन्ने सुरेन्द्र मण्डलले बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ
बौकाले युवती एक्लै भएको मौका पारी धान परालको बोझामा जबरजस्ती करणी गरेको भन्ने खबर पाएपछि इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले बौकालाई पक्राउ गरेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ