बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

आदित्यको विवाहको तयारी सुरु, रिसेप्सनका लागि प्रधानमन्त्री मोदीदेखि अमिताभ बच्चनसम्मलाई निम्तो

आइतबार, १४ मङ्सिर २०७७, १५ : २२
आइतबार, १४ मङ्सिर २०७७

मुम्बई । बलिउडका चर्चित गायक उदित नारायणको घरमा अहिले खुसीको माहोल छाएको छ । खुसीको माहोलको कारण उनका छोरा तथा ‘इन्डियन आइडल १२’ का होस्ट आदित्य नारायणको विवाह हो । आदित्यले प्रेमिका श्वेता अग्रवालसँग १ डिसेम्बरमा विवाह गर्न लागेका हुन् । 

केही अगाडि आदित्यको तिलक कार्यक्रम आयोजना भएको थियो । सोही कार्यक्रम पछि नै उनको विवाहको तयारी सुरु भएको हो । आदित्यको विवाहमा जम्मा ५० मानिस मात्र सहभागी हुनेछन् । तर, विवाहपछि भव्य रिसेप्सन पाटी आयोजना हुनेछ । जसमा नेता, अभिनेतालगायत ठुलाठुला हस्तीको सहभागीता रहनेछ । 

आदित्य र श्वेताको विवाह मन्दिरमा साधारण तवरबाट हुनेछ ।  विवाहमा नजिकका आफन्त र साथीहरुमात्र सहभागी हुनेछन् । विवाहपछि परिवारेले एक भव्य रिसेप्सन पार्टी आयोजना गर्र्दैछन् । यसका लागि बलिउडका सबै स्टारलाई निम्ता समेत पठाइएको छ ।

‘छोरोको विवाहको तयारी भइरहेको छ । २ डिसेम्बरमा रिसेप्सन पार्टीको आयोजना हुनेछ,’ उदितले भने, ‘रिसेप्सन मुम्बईको एक फाइभ स्टार होटलमा हुनेछ । अहिले भेन्यु फाइनल भएको छैन ।’ रिसेप्सन पार्टीका लागि बलिउड अभिनेता अमिताभ बच्चनदेखि सबै सेलिब्रेटी र प्रधानमन्त्री नरेन्द्र मोदीसमेतलाई निम्ता पठाएइएको उदितले जानकारी दिए ।

आदित्य र श्वेता बिगत १२ बर्षदेखि एकअर्काेसँग डेट गरिरहेका छन् । यी दुबैको पहिलोटक भेट फिल्म ‘शापित’को सेटमा भएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप