
सिद्धबाबालाई थुनामा राख्न सर्वोच्चको आदेश

काठमाडौं । बलात्कारको आरोप लागेका सिद्धबाबा भनेर चिनिने कृष्णदास गिरीलाई थुनामा राख्न सर्वोच्च अदालतले आदेश दिएको छ । शुक्रबार न्यायाधीश डा.आनन्दमोहन भट्टराई र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले सिद्धबाबालाई थुनामा नै राख्न आदेश दिएको हो ।
२०७६ माघ ९ गते जिल्ला अदालत सुनसरीले सिद्धबाबालाई धरौटीमा छाड्न आदेश दिएको थियो । त्यसविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले गरेको पुनरावेदनमा उच्च अदालत विराटनगरले थुनामा राख्न आदेश दिएको थियो ।
सिद्धबाबाबाले उच्च अदालतको आदेश बेरीतको रहेको भन्दै सर्वोच्च अदालतमा निवेदन दिएका थिए । तर उच्च अदालतको आदेशलाई सदर गर्दै थुनामा पठाउन आदेश दिएको हो । सिद्धबाबामाथि आफ्नै आश्रममा एक अनुयायीमाथि बलात्कार गरेको आरोप लागेको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ