शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

३५ लाख रुपैयाँ बराबरको नगद तथा जिन्सी सहयोग

आइतबार, १४ मङ्सिर २०७७, १६ : १५
आइतबार, १४ मङ्सिर २०७७

चितवन । पारिवारिक हेरचाह गुमाएका बालबालिकाको शिक्षादीक्षा र पालनपोषणमा विगत ४६ वर्षदेखि सक्रिय सामाजिक संस्था एसओएस बालग्राम नेपाल चितवनले आइतबार एक कार्यक्रमका बीच परिवार सबलीकरण कार्यक्रम सम्पन्न गरेको छ ।

सीमान्तकृत एवं विपन्न परिवार र तिनका बालबालिकालाई विभिन्न सहयोग प्रदान गर्दै बालग्रामले परिवार सबलीकरण कार्यक्रम ल्याएको हो । कार्यक्रममार्फत सीमान्तकृत एवं विपन्न परिवारका बालबालिकालाई ३५ लाख रुपैयाँ बराबरको नगद तथा जिन्सी सहयोग गरेको बालग्रामका राष्ट्रिय निर्देशक भोला पौडेलले बताए । भरतपुर महानगर प्रमुख रेनु दाहालले ती सबै सहयोग लक्षित ब्यक्तिलाई वितरण गरिन् ।
 
महानगर प्रमुख रेनु दाहालको पहलमा महानगरले संञ्चालन गरेको सीमान्तकृत एवं विपन्न परिवारका छात्राका लागि साइकल वितरण कार्यक्रमबाट प्रभावित भएर बालग्रामले समेत आफ्ना विद्यार्थीका लागि १६३ वटा साइकल वितरण गर्नेदेखि अरु धेरै कार्यक्रम गरेको पौडेलको भनाइ छ ।

कार्यक्रम अन्तर्गत सिमान्तकृत एवं विपन्न परिवारका बालबालिकाको लागि १६३ थान साइकल, २० बालबालिकाको लागि ट्याब्लेट, १०५ बालबालिकाको लागि शैक्षिक सामग्री, ७० परिवारलाई प्रतिपरिवार ४ हजार ५ सय रुपैयाँ बराबरको खाद्यान्न वितरण, जीविकोपार्जन कार्यक्रम अन्तर्गत २० परिवारको लागि घुम्ती ठेला पसल, गाईपालन फलफुल पसल, टेलरिङ लगायतका विभिन्न उद्यम गर्नका लागि प्रत्येक परिवारलाई ५० हजारका दरले नगद वितरण गरिएको थियो ।

जीविकोपार्जन कार्यक्रम अन्तर्गत नै सीमान्तकृत एवं विपन्न २० परिवारको लागि प्रति परिवार १५ देखि २० हजारसम्मको बाख्रा र सिलाई मेसिन वितरण, रोजगारमुलक कार्यक्रम अन्तर्गत सिमान्तकृत एवं विपन्न परिवारका ५ युवालाई प्रति युवा ७० हजारका दरले सिलाई कटाई, ब्युटीपार्लर तथा होटल ब्यवस्थापन तालिम, विपन्न ५० परिवारका लागि स्वास्थ्य बिमा कार्यक्रम, श्री मावि गौरीगन्जलाई स्वास्थ्य सामग्री र भरतपुर महानगर वडा नम्बर ८ लाई कोभिड ब्यवस्थापन कोषका लागि १ लाख रुपैयाँ पनि हस्तान्तरण गरेको एसओएस बालग्रामका नायब निर्देशक राजेन्द्र लम्सालले बताए ।

कार्यक्रमा बोल्दै कार्यक्रमको  महानगर प्रमुख रेनु दाहालले एसओएस बालग्राम महानगरको गहना भएको बताइन् । आगामी दिनमा यसको संरक्षण र विकासमा महानगरले आर्थिकदेखि अन्य आवश्यक सबैखाले सहयोग गर्ने दाहालको भनाइ छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप