
थप १२५५ जनामा कोरोना संक्रमण पुष्टि, २५ को मृत्यु

बितेको २४ घण्टामा नेपालमा थप १२५५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५११ महिला र ७४४ पुरुष गरी १२५५ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै बितेको २४ घण्टामा थप १४०४ जना संक्रमण मुक्त भएका छन् भने २५ जनाले ज्यान गुमाएका छन् ।
यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ३१ हजार ९७८ पुगेको छ भने निको हुनेको संख्या २ लाख १२ हजार ५९० पुगेको छ।
अब देशभर कोरोनाका सक्रिय संक्रमित १७ हजार ९०९ जना रहेका छन् भने कुल मृतकको संख्या १४७९ जना रहेको छ । हाल कोरोना निको हुने दर ९१.६ प्रतिशत रहेको पनि मन्त्रालयले जनाएको छ ।
यसैबीच बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा थप ५४८ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितमा २४४ महिलार र ३०४ पुरुष रहेका छन् ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ