बलात्कारको घटना मिलाउन दबाब दिने वडाध्यक्ष पक्राउ
काठमाडौं । बलात्कारको घटनाको मिलाउन खोज्ने बैतडीको सिगास गाउँपालिका-३ का वडाध्यक्ष शेर सिंह साउद पक्राउ परेका छन् । सोही वडाको ठुलसैनीका १९ बर्षकी किशोरीलाई डरधम्की देखाइ २१ बर्षका दिपक सिंह धामीले ०७७ जेठ २३ गते बलात्कार गरेको घटना वडाध्यक्षलाई जानकारी गराउदा मिलापत्र गर्न दबाब दिएका थिए । सुदुरपश्चिम प्रदेश प्रहरी कार्यलयका प्रवक्ता तथा एसएसपी मुकेश कुमार सिंहका अनुसार वडाध्यक्ष साउदले प्रतिबादीलाई भगाउने र अपराध लुकाउने कार्य गरि मतियारको काम गरेको अनुसन्धानबाट खुलेको छ ।
घटनामा सम्लग्न रहेको आरोपमा मनोज सिंह, अम्मर सिंह, गोपाल सिंह धामी, नर बहादुर धामी र राजेन्द्र सिंह धामी पक्राउ परिसकेको एसएसपी सिंहले रातोपाटीलाई जानकारी दिए । उनीहरुविरुद्ध मङ्सिर ११ गते जिल्ला प्रहरी कार्यालय बैतडीमा जाहेरी परेको थियो । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्रपामाथि ओलीको व्यङ्ग्य : विचार नभएको दक्षिणपन्थी शक्ति वैकल्पिक शक्ति हुन सक्दैन
-
‘दिनभरि टेबुलमा बसेर काम गर्यो, एक्सरसाइज छैन, हड्डी कमजोर हुने नै भयो’
-
गत निर्वाचनबारे ओलीको विश्लेषण : सहरी, युवा र प्रवासी मतदातालाई आकर्षित गर्न सकिएन
-
वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन
-
मधुमेहको लक्षण, बच्ने उपाय र उपचार
-
विश्व बैंक र आईएमएफको बैठक सकेर स्वदेश फर्किँदै अर्थमन्त्री पुन