बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौं उपत्यकामा थप ५४८ जनामा संक्रमण पुष्टि

आइतबार, १४ मङ्सिर २०७७, १७ : ०२
आइतबार, १४ मङ्सिर २०७७


बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा थप ५४८ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितमा २४४ महिलार र ३०४ पुरुष रहेका छन् । 


यस्तै बितेको २४ घण्टामा देशभर भने१२५५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५११ महिला र ७४४ पुरुष गरी १२५५ जनामा संक्रमण पुष्टि भएको हो । 

यस्तै बितेको २४ घण्टामा थप १४०४ जना संक्रमण मुक्त भएका छन् भने २५ जनाले ज्यान गुमाएका छन् । 
यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ३१ हजार ९७८ पुगेको छ भने निको हुनेको संख्या २ लाख १२ हजार ५९० पुगेको छ।  

अब देशभर कोरोनाका सक्रिय संक्रमित १७ हजार ९०९ जना रहेका छन् भने कुल मृतकको संख्या १४७९ जना रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप