जनकपुर टी-२० टुर्नामेन्ट : जलेश्वर र जनकपुर क्रिकेट एकेडमी विजयी
जनकपुर । जनकपुर टी २० टुर्नामेन्ट अन्तर्गत आइतबार भएको बेग्लाबेग्लै खेलमा जलेश्वर क्रिकेट टिम र जनकपुर क्रिकेट एकेडमी विजयी भएको छ ।
जलेश्वर क्रिकेट टिमले रामगोपालपुर राइनो टिमलाई ४ विकेटले पराजित गरि बिजय भएको हो । रामगोपालपुर राइनोले दिएको ८३ रनको लक्ष्य जलेश्वरले अरुण मण्डलको ३६ र हरेराम झाको १९ रनको सहयोगमा १३ औँ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको थियो ।
रामगोपालपुर राइनोको बलिंगमा कैलाश मण्डल, मनिष मण्डल र आकाश पाण्डेले २/२ विकेट लिएका थिए । यस अघि व्याटिंग गरेको रागोपालपुर निर्धारित २० ओभरमा मात्र ८२ रनको स्कोर खडा गर्न सकेको थियो । रामगोपालपुरका लागि अभिशेक यादव र आकाश पाण्डेले १६/१६ दीपु कर्णले १२ रन बनाउनु अतिरिक्त अन्य कुनै ब्याट्समैन दोहोरो अंकको स्कोर बनाउन सकेनन् ।
रामगोपालपुरलाई सस्तैमा समेट्न अभिशेक तिववारीले ३ र अरुण ठाकुरले २ विकेट लिएका थिए । त्यस्तै अर्को खेलमा गौरीपुर क्रिकेट एकेडमीलाई जनकपुर क्रिकेट एकेडमीले ६ विकेटले पराजित गरेको छ ।
गौरीपुरले दिएको १ सय ३ रनको लक्ष्य जनकपुर क्रिकेट एकेडमीले मात्रै ४ विकेटको क्षतिमा पूरा गरेको थियो । जनकपुरका लागि शोभाकान्त पाण्डेले २९, हरिशंकर साहले २८ रनको योगादन गरेका थिए ।
गौरीपुरको बलिंगमा अमित कुश्वाहाले २ विकेट चटकाएका थिए ।
यस अघि ब्याटिंग गरेको गौरीपुर अमित कुश्वाहाको ३६, पंकज दासको २५ रनको सहयोगमा १ सय २ रनको स्कोर खडा गरेको थियो । जनकपुरको बलिंगमा सुजित मण्डल र हरिशंकर साह ३(३ विकेट लिन सफल भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हामीले उपभोग गरिरहेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त भएको होइन: पूर्व राष्ट्रपति भण्डारी
-
खर्च योजना सार्वजनिक गरेपछि खुम्चियो मेटाको शेयर
-
मनमोहन सेन्टर : १५औँ वसन्त पार गर्दै गर्दा...
-
प्रतिबन्ध लगाउन सक्ने अमेरिकी कानुनविरुद्ध टिकटक अदालत जाने
-
डढेलोले खोटाङमा तेह्र घर खरानी
-
‘मिस्टर एण्ड मिस नेसनल नेपाल’ले देखाए ट्यालेन्ट