इन्डोनेसियमा ज्वालामुखी विष्फोट, २६ गाउँ विस्थापित

एजेन्सी । इन्डोनेसियामा आइतबार फुटेको विशाल ज्वालमुखी फुटेको छ । इन्डानेसियाको पूर्वी नुसा तेंगारा प्रान्तको इली लेभेतलो ज्वालामुखी विष्फोट भएको हो । उक्त विष्फोटका कारण सो क्षेत्रको पर्यावरणीय सन्तुलनमाथि निकै ठूलो प्रभाव परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले जनाएका छन् ।
समाचार एजेन्सी आईएएनएसको रिपोर्टअनुसार उक्त ज्वालामुखी विष्फोटका कारण आकाशमा ४ हजार मिटरको उचाईसम्म धुवाँ र खरानीको मुस्लो देखिएको थियो । ज्वालामुखी विष्फोटपछि वरिपरिका क्षेत्रमा उच्च सतर्कता अप्नाउन निर्देशन जारी भएको सामाचार एजेन्सी सिन्ह्वाले जनाएको छ ।
समुद्री सतहबाट १ हजार १८ मिटरको उचाईमा विष्फोट भएको उक्त ज्वालामुखीको आसपासबाट २ किलोमिटरको क्षेत्रसम्म कुनै गतिविधि नगर्न भनिएको छ । आइतबार बिहान १० बजेर ४५ मिटेनमा ज्वालामुखी विष्फोट भएको थियो । विष्फोटपछि सो क्षेत्रका २६ गाउँका २ हजार ७ सय ६० जनाले आफ्नो घर छोड्न बाध्य भएका छन् । विष्फोटमा कोही हताहत भएको समाचार प्राप्त भएको छैन । एएफपीका अनुसार ज्वालामुखी विष्फोटपछि स्थानीय हवाई सेवा बन्द गर्न निर्देशन दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दलतन्त्र विरूद्ध न्यायप्रेमी आम नागरिक एक जुट होऔँ : प्रभु साह
-
संसद्मा रास्वपाको ‘दोहोरो चरित्र’ : सत्तापक्ष बोल्दा नाराबाजी, माओवादी बोल्दा चुपचाप
-
बजेट ल्याएको भोलिपल्ट कर्णालीका अर्थमन्त्रीले भने - कार्यकर्ताहरू कति रिसाउने हो थाहा छैन
-
धवल शमशेर राणालाई ३ लाख धरौटीमा छाड्न आदेश
-
काठमाडौँमा पाँचौँ आदिवासी जनजाती चलचित्र महोत्सव हुने
-
‘खै त मायाले कुरा बुझेको’ मा सुधीर र बिनाको रोमान्स