म्याराडोनालाई मेस्सीको भावुक श्रद्धाञ्जली !
लियोनेल मेस्सीले डिएगो म्याराडोनालाई भावुक श्रदाञ्जली अर्पण गरेका छन् । आइतबार ओसासुनाविरुद्ध गोल गरेपछि मेस्सीले न्यूवेल्स ओल्ड ब्वाइजको जर्सी प्रस्तुत गर्दै मेस्सीले म्याराडोनालाई श्रद्धाञ्जली दिएका हुन् ।
बुधबार हृदयघातका कारण निधन भएका म्याराडोनाका लागि खेलको शुरुवातअघि एक मिनेट ताली बजाएर सम्मान दिइएको थियो । यसमा पनि मेस्सी निकै भावुक देखिएका थिए ।
ओसासुनाविरुद्ध ४–० को जीत निकाल्ने क्रममा मेस्सीले खेलको ७३ औँ मिनेटमा गोल गर्न सफल भए । यो सिजन ओपन प्लेबाट पहिलो गोल गरेका मेस्सीले त्यसपछि आफ्नो बार्सिलोनाको जर्सी फुकाल्दै म्याराडोनाको सम्मानमा नयूवेल्स ओल्ड ब्वाइजको १० नम्बरको जर्सी प्रस्तुत गरेका थिए । नियमका अनुसार मेस्सीले यसका लागि पहेँलो कार्ड पनि पाए ।
मेस्सीले बाल्यकालमा न्यूवेल्समा खेलेका थिए भने म्याराडानाले पनि करियरको अन्त्यतिर सो क्लबबाट खेलेका थिए ।
सन् २००८ देखि २०१० सम्म म्याराडोना मेस्सी सम्मिलित अर्जेन्टिनी टिमका प्रशिक्षक रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सबै मन्त्रालयले महिलामैत्री बजेट निर्माणमा जोड दिनुपर्छ: मन्त्री चौधरी
-
एक साताभित्र युक्रेनमा हतियार पुग्छ: अमेरिका
-
कार्यालय समयमा निजीमा काम गर्ने सरकारी स्वास्थ्यकर्मीलाई कारबाही गरिने
-
तत्त्व फार्मस्को ‘सक्खर’ बजारमा
-
मधेस प्रदेशमा एकै दिन पाँच जनाको शव फेला
-
५१ औँ दिनमा सकियो ‘नमेटिने घाउ’ को छायांकन