बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

हलिउड अभिनेता डेविट प्राउजको निधन

सोमबार, १५ मङ्सिर २०७७, १० : ५५
सोमबार, १५ मङ्सिर २०७७

मुम्बई । हलिउड अभिनेता डेविट प्राउजको निधन भएको छ । ८५ बर्षको उमेरका उनको निधन भएको हो । 

उनी राम्रो अभिनेताका साथै बडी बिल्डर पनि थिए । उनी ‘स्टार वार्स’को डार्थ वाडर भुमिकाको कारणले सर्वत्र चिनिन्छन् । उनलाई यो भुमिका उनको शरिर हेरेर दिइएको थियो ।

डेविडले अभिनय करियरको सुरुवात टिमीबाट गरेका थिए । उनले कयौ टिभी शोमा काम गरेका छन् । टिभीपछि फिल्ममा देखिएका उनी १९६८ ह्यामहेडमा देखिएका थिए । त्यसपछि एक फिल्म अभिनय गरेका उनी फिल्म ‘स्टार वार्स’का लागि छानिएका थिए । उनले अभिनय करियरमा ‘स्पेस १९९९’, ‘एज यु लाईक इट’ र आइएम युअर फादर’लगायत थुप्रै फिल्म दिएका छन् ।

५० बर्षसम्म फिल्ममा काम गरेका उनले लामो समय बडी बिल्डिङ समेत गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप