शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सुनसरीमा एक किशोरको शव फेला, अपहरणपछि हत्या गरेको आशङ्का

सोमबार, १५ मङ्सिर २०७७, ११ : ०६
सोमबार, १५ मङ्सिर २०७७

सुनसरीमा एक किशोरको हत्या गरिएको अवस्थामा शव फेला परेको छ । सुनसरीको दुहबीमा मसिंर १० गतेदेखि बेपत्ता भएका किशोरको हत्या गरिएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ ।

दुहबी–२ स्थित शुभलक्ष्मी खाद्य उघोगको पछाडि हत्या गरिएको अवस्थामा १७ वर्षीय सुजन नारायण चौधरीको शव बिहान ५ बजे भेटिएको सुनसरीका प्रहरी प्रमुख कमल थापाले बताए ।

कक्षा ११ मा अध्ययनरत चौधरीलाई अपहरण गरी हत्या गरिएको हुनसक्ने प्रहरीले आशङ्का गरेको छ । ‘मृतकको अनुहार, टाउको र संवेदनशील अङ्गमा  गहिरो चोट देखिन्छ । ढुङ्गाले हानेर हत्या गरेको हुनसक्छ,’ थापाले भने ।

बेपत्ता भएकै दिन मृतक सुजनको आमाको मोबाइलमा अज्ञात व्यक्तिले 'तिम्रो छोरा म सँग छ, पैसा दिनुपर्छ' भनेर धम्की आएको परिवारले जनाएको छ । धम्की आएपछि इलाका प्रहरी कार्यालय दुहबीमा घटनाकोबारे जानकारी गराइएको थियो ।

सुजनको खोजतलास गर्ने क्रममा शव भेटिएको थापाले बताए । मृतकको शव पोस्टमार्टमको लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।

प्रहरीले सुजनको हत्यामा संलग्न हुनसक्ने आशङ्कामा केही व्यक्तिलाई समेत नियन्त्रणमा लिइएको छ । यद्यपि नियन्त्रणमा लिएको व्यक्तिहरुको पहिचान भने खुलाएको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप