शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अहिल्यै पिउनुस् ‘एक गिलास’ पानी !

सोमबार, १५ मङ्सिर २०७७, १२ : ४३
सोमबार, १५ मङ्सिर २०७७

एजेन्सी – बाहिरी मौसमको तापक्रम जस्तोसुकै भएपनि आफूलाई ‘हाइड्रेटेड’ राख्न र आफूलाई सक्रिय रहनका लागि पर्याप्त पानी पिउन आवश्यक छ । जुनसुकै मौसममा पनि पानी पिउन अत्यन्तै जरुरी छ । व्यायामसँगै पानीले पनि तौल कम गर्न सहयोग पुर्याउँछ ।

अहिल्यै पिउनुस् एक गिलास पानी !

छाला चम्किलो राख्न
चिसो मौसममा छाला सुख्खा हुने र रुखो हुने गर्छ । राम्रो मोस्चराइजर क्रिमको प्रयोग गर्दा पनि छाला रुखो हुन्छ । त्यसैले, हरेक मौसममा छालालाई चम्किलो र मुलायम राख्न पानी भरपुर पिउनु पर्छ ।

कब्जियत
केही व्यक्तिहरुमा लामो समयदेखि कब्जियतको समस्या हुन्छ । त्यस्ता व्यक्तिहरुले धेरै पानी पिउनुपर्छ । फाइबरयुक्त खानेकुरा खानुका साथै पानी पनि पर्याप्त पानी पिउनुपर्छ । पानी पिउँदा कब्जियतको समस्या टाढा हुन्छ । 

छिट्टै बुढो हुनबाट जोगिन
उमेर नै नपुगी बुढो हुने समस्याबाट टाढा हुन पर्याप्त पानी पिउनुपर्छ । सधै जवान देखिन र छालामा आउने विभिन्न प्रकारका दागधब्बाबाट जोगिन पानी पिउनुपर्छ । 

गहिरो निन्द्रा
कामको व्यस्तताका कारण थकान र निन्द्रा नपुग्ने समस्या पनि हुन्छ । रातको निन्द्रा गडबढ हुँदा पानी आवश्यक पर्छ । पेयपदार्थको कमीले चिडचिडाहट हुने, अल्छी हुने जस्ता समस्या देखापर्छ । त्यसैले गहिरो निन्द्राका लागि पर्याप्त पानी पिउनुपर्छ ।

संक्रमणबाट जोगिन
पानीले मुत्राशयमा बाहिरी ब्याक्टेरियाका कारण हुने संक्रमणबाट जोगाउँछ । पर्याप्त पानी पिउँदा मुत्र मार्गमा हुने संक्रमण छिट्टै निको हुन्छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप