बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

‘रेड वाइन’ मा अब पुष्प र साम्राज्ञीको रोमान्स

सोमबार, १५ मङ्सिर २०७७, १३ : १३
सोमबार, १५ मङ्सिर २०७७

काठमाडौं । फिल्म ‘रेड वाइन’मा अभिनेता फेरिएका छन् । फिल्म निर्माण घोषणा समयमा अभिनेता पल शाहको अभिनय रहने बताइएको थियो । तर, छायाँकन तयारी गर्दै गर्दा निर्माण युनिटले फिल्ममा पलको ठाउँमा अभिनेता पुष्प खड्का भित्र्याएको छ । 

फिल्ममा अब पुष्प र साम्राज्ञीको रोमान्स रहनेछ । यो जोडीले यस अगाडि फिल्म ‘मारुनी’ मा सँगै काम गरेका थिए । पलको ठाउँमा पुष्प भित्रिएको बिषयमा निर्माण युनिटले आन्तरिक कारण बताएको छ । रमेश एमके पौडेलले निर्माण गर्न लागेको यो फिल्म  प्रेमकथामा बन्न लागेको हो ।

निर्माता रमेशकै निर्देशन रहने फिल्म आर्यन फिल्मस् प्रोडक्शन प्रालि र बोधी एचडी अमेरिकाको ब्यानरमा निर्माण हुन लागेको हो । फिल्मको पटकथा र सम्बाद सबिर श्रेष्ठले तयार पारेका हुन् । फिल्म छिट्टै छायाँकन निस्कने निर्माण युटिले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप