शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अष्ट्रेलियाले चीनसँग नक्कली तस्बिरका लागि माफी माग्न भन्यो

सोमबार, १५ मङ्सिर २०७७, १३ : ४७
सोमबार, १५ मङ्सिर २०७७

चीनले आफ्नो सरकारी ट्वीटर अकाउन्टमा नक्कली तस्बिर सेयर गरेकोमा अष्ट्रेलियाले माफी माग्न भनेको छ । उक्त तस्बिरमा एक अष्ट्रेलियाली सैनिकले अफगानी बच्चाको हत्या गरिरहेको देखाइएको छ ।

एक टिभी सम्बोधनमा अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले यो ‘घृणित’ तस्बिर साझा गरेकोमा चीन लज्जित हुनुपर्ने बताएको छ ।

यो तस्बिर त्यतिबेला सार्वजनिक भएको हो जब दुई देशबीच कूटनीतिक तनाव लगातार बढिरहेको छ ।

यो तस्बिर केही अष्ट्रेलियाली सैनिकको कथित युद्ध अपराधसँग जोडिएको बताइएको थियो ।

यो महिनाको सुरुवातमा एक रिपोर्टमा सन् २००९ देखि सन् २०१३ बीच २५ अष्ट्रेलियाली सैनिक कथित रुपमा ३९ अफगानी सर्वसाधारण र कैदीको हत्यामा समावेश थिए ।

अष्ट्रेलियाली डिफेन्स फोर्स (एडीएफ) को अनुसन्धानको निष्कर्षको निकै आलोचना भयो र अब प्रहीले यसको अनुसन्धान गरिरहेको छ ।

सोमबार चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिजियान झाओले एडिट गरेर बनाइएको तस्बिर पोस्ट गरे जसमा एक बच्चा नजिकै एक अष्ट्रेलियाली सैनिक रगतले लत्पत्तिएको चक्कू लिएर बसिरहेको देख्न सकिन्छ । तस्बिरमा बच्चाको काखमा भेडाको बच्चा छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिजियान झाओले सोमबार यो झुटो तस्बिर पोस्ट गरेका हुन् ।

अष्ट्रेलियाली ब्रोडकास्टिङ कर्पोरेशनले आफ्नो रिपोर्टमा यो तस्बिरलाई उक्त निराधार अफवाहसँग जोडेर देखाएको छ जसमा अष्ट्रेलियाली सैनिकले दुई अफगान किशोरहरुको हत्याका लागि चक्कू प्रयोग गरेको भनिएको थियो ।

यद्यपि, अनुसन्धानमा यी अफवाह प्रमाणित गर्नका लागि कुनै प्रमाण भेटिएको छैन ।

झाओले ट्वीटमा लेखेका छन्, ‘अष्ट्रेलियाली सैनिकद्वारा अफगान नागरिक र कैदीको हत्याले हैरान छौं । हामी यस्तो प्रकारको कृत्यको कडा निन्दा गर्छौं र उनीहरुको जवाफदेहीता निश्चित गर्नका लागि माग गर्छौं ।’

यता मोरिसनले पोस्टलाई ‘असाध्यै घृणित र पूर्ण रुपमा अपमानजनक’ बताएका छन् ।

उनले भने, ‘चिनियाँ सरकार यो पोस्टका लागि पूर्ण रुपमा लज्जित हुनुपर्छ ।’

अष्ट्रेलियाले ट्वीटरसँग यो पोस्टलाई ‘दुष्प्रचार’ बताउँदै आफ्ना सबै प्लेटफर्मबाट हटाइदिन अपिल गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप