शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भारती सिंहको समर्थनमा आए कृष्णा अभिषेक, यसकारण राजू श्रीवास्तवलाई भने ‘बकवास’

सोमबार, १५ मङ्सिर २०७७, १४ : १४
सोमबार, १५ मङ्सिर २०७७

हास्यकलाकार कृष्णा अभिषेक आफ्ना साथी भारती सिंहको समर्थनमा उत्रिएका छन् । भारती सिंहको ड्रग्स मामिलामा नाम जोडिएपछि हास्यकलाकार राजू श्रीवास्तवले आफ्नो प्रतिक्रिया जताउँदै भारतीले धेरैथरी भनेका थिए ।

उनले भनेका थिए, ‘लाखौं जनताले तपाईंलाई आफ्नो आइडल मान्छन् । उनीहरुले तपाईंको फोटो आफ्नो फोनमा राख्छन् । उनीहरु तपाईंजस्तै बन्न चाहन्छन् । तपाईंलाई यस्तो गर्न किन आवश्यक थियो ? ड्रग्स नखाँदा तपाईं राम्रो हास्यकलाकार बन्न सक्नुहुन्नँ वा तपाईंले ऊर्जा पाउनुहुन्न ?’

यसमा अब कृष्णा अभिषेकले आफ्नो प्रतिक्रिया दिएका छन् । उनले भनेका छन्, ‘राजू श्रीवास्तवले त असाध्यै बकवास गरे । उनले भारतीका लागि जे जति भने त्यो अचम्मित गरिदिने किसिमकै थियो । उनले जीवनभरीका लागि सम्बन्ध बिगारेका छन् । सबैसँग । उनले जस्तो प्रतिक्रिया दिएका छन्, पूरा समूह हामी रिसाएका छौं । एउटै उद्योगको भएको नाताले पनि राजूले भारतीलाई त्यस्तो विधि भन्नु हुँदैनथ्यो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप