विवाहको यो सिजनमा बन्दै हुनुहुन्छ बेहुली ? यी पाँच घरेलु उपायले अनुहारमा ल्याउनुहोस् चमक
के यो जाडोयाममा तपाईं पनि विवाह बन्धनमा बाँधिदै हुनुहुन्छ ? यदि हो भने आफ्नो अनुहारमा ग्लो ल्याउनका लागि अहिलेदेखि नै तयारी गर्नुहोस् । आजकाल ब्यूटीपार्लरमा विवाह अघि नै फेयरनेस ट्रीटमेन्ट सुरु हुने गर्छ । घरेलु उपायले नै विशेष ग्लो पाउन सकिए कति राम्रो हुँदो हो ।
विवाहको विशेष दिनको तयारीका लागि सबैभन्दा पहिले तपाईंले केही कुरा थाहा पाउँदा राम्रो होला । यतिबेला तपाईंले कुनै पनि हालतमा तनाव लिनु हुँदैन । तनाव लिँदाको असर तपाईंको अनुहार र छालामा स्पष्ट रुपमा देखिन्छ । यसबाहेक यी स–साना उपाय अपनाएर तपाईं आफ्नो विवाहको दिन सुन्दर देखिन सक्नुहुन्छ ।
१. हप्तामा कम्तीमा पाँच दिन २० देखि ३० मिनेट हिँड्नुहोस् । यसो गर्दा तपाईंको तनाव कम हुन्छ र रक्तसञ्चार बढ्छ । यसो गर्दा छालामा निखार आउँछ ।
२. आजदेखि नै साधारण साबुनको प्रयोग बन्द गर्नुहोस् र कुनै माइल्ड ब्यूटी फेस वासको प्रयोग गर्न सुरु गर्नुहोस् । राती सुत्नुअघि आफ्नो अनुहारलाई राम्रोसँग सफा गरेर सुत्नुहोस् ।
३. रातीको समयका लागि यस्तो मोइश्चुराइजर छान्नुहोस् जसमा एन्टी–अक्सिडेन्टको गुण होस् । यदि तपाईंको मोइस्चुराइजर भिटामिन ए, सी, इ र बीथ्री युक्त छ भने यसले तपाईंको छालालाई पोषण दिने काम गर्छ ।
४. कोसिस गर्नुहोस् कि रासायनिक वस्तुको प्रयोग सकेसम्म कम नै गर्नुहोस् । कुनै पनि उत्पादन प्रयोग गर्नुअघि छालारोग विशेषज्ञसँग सल्लाह लिनुहोस् । पैसा बचाउने चक्करमा कुनै पनि उत्पादनको क्वालिटीसँग कहिले पनि सम्झौता नगर्नुहोस् ।
५.यदि तपाईंलाई असाध्यै पसिना आउँछ र तपाईंले धुलो–मैलोमा नै काम गर्नुपर्छ भने तपाईंले दैनिक नुहाउन आवश्यक छ । स्याम्पु लगाएपछि कपाललाई कन्डिसनर गर्न नभुल्नुहोस् । साथै, कपालमा तेल लगाउन पनि अत्यावश्यक छ । यसो गर्दा कपाल रुखो हुन पाउँदैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनेरास्ववियु त्रिवि जिल्ला कमिटीको अध्यक्षमा सिद्धान्त भट्ट निर्वाचित
-
सुगन्धित तेल प्रशोधन केन्द्र अलपत्र
-
रिहा भए एन्फा उपाध्यक्ष दावा लामा
-
खैरो हेरोइन कारोबारीसहित दुई जना पक्राउ
-
आईपीएलमा महत्त्वपूर्ण उपलब्धि हासिल गर्ने धोनीपछि दोस्रो खेलाडी बन्दै छन् रोहित शर्मा
-
विद्यालयमा नमाज पढ्न पाउने माग बेलायती उच्च अदालतद्वारा अस्वीकार