दुई हजारभन्दा माथि उक्लेर फर्कियो नेप्से
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज परिसूचक २ हजार अंकभन्दा माथि पुगेर फर्किएको छ । सोमबार खुलेको बजारमा ओपनिङ सेसनमै २ हजारको विन्दुलाई भेट्टाएर यात्रा सुरु गरेको नेप्से दिनभरमा अधिकतम २ हजार २८ विन्दुसम्म पुगेर फर्किएसँगै १ हजार ९ सय ९७ दशमलव ०५ अंकमा झरेर रोकिएको हो । त्यसो त, दिनभरमा बजार १ हजार ९ सय ७१ विन्दुसम्म समेत झरेको थियो ।
जानको अन्तिम बजार परिसूचक अघिल्लो दिन (आइतबार) को बजार परिसूचक भन्दा २८ दशमलव ७९ अंकले बढी हो । आजको बजारलाई व्यापारमूलक समूह, हाइड्रोपावर समूह, बीमा समूह र अन्ग समूहले माथि उचाल्यो । अघिल्लो दिन निकै बढेको बैंक र विकास बैंक समूह भने आज घट्न पुग्यो ।
यो दिन सबैभन्दा बढी कमाउने कम्पनी युनाइटेड मोदी हाइड्रोपावर बन्यो । सो कम्पनीको शेयरमूल्यमा १० प्रतिशत वृद्धि भयो । त्यस्तै, अपर तामाकोशी, ग्रीन डेभलपमेन्ट बैंक, नेपाल बंगलादेश बैंक, नेपाल बंगलादेश बैंक, साञ्जेन हाइड्रोपावर, रसुवागढी हाइड्रोपावर, नेपाल लाइफ इन्स्योरेन्स, साल्ट ट्रेडिङ कर्पोरेसन, एनसीसी बैंकको शेयर यो दिन ९ प्रतिशत भन्दा बढीले बढ्यो । विशाल बजार कम्पनी भने यो दिन नकारात्मक सर्किट लाग्ने एकमात्रै कम्पनी बन्यो ।
आजको ८ अर्ब ८६ करोड रुपैंयाको कारोबार भएको छ । आज नेप्से परिसूचक अहिलेसम्मकै सबैभन्दा बढी भए पनि कारोबार रकम भने आइतबारको भन्दा कम हो । यो दिन १ सय ७२ कम्पनीको कारोबार हुँदा १ सय १० कम्पनीको मूल्य घट्यो । ५६ कम्पनीको मूल्य घट्दा ६ कम्पनीको मूल्यमा कुनै घटबढ भएन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अब मोबाइल एप मोबैंकबाट सजिलै भवन निर्माण इजाजत शुल्क तिर्न सकिने
-
राष्ट्रिय फोटो पत्रकारिता दिवस : मैत्रीपूर्ण खेलमा बंगलादेशी टोलीले आयोजकलाई हरायो
-
मनमोहन अधिकारीलाई कम्युनिस्ट आन्दोलनको निरन्तरताको पर्यायका रूपमा बुझ्नुपर्छ: ईश्वर पोखरेल
-
‘वार्षिक ६ खर्ब रुपैयाँभन्दा बढीको प्रविधि निर्यात गर्ने लक्ष्य छ’
-
ड्राई पाउडर इनहेलर ‘साभाकोर्ट’ नेपाली बजारमा
-
हामीले उपभोग गरिरहेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त भएको होइन: पूर्व राष्ट्रपति भण्डारी