बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

नेकपा कसैले फुटाउन सक्दैन: झलनाथ खनाल

सोमबार, १५ मङ्सिर २०७७, १७ : ०५
सोमबार, १५ मङ्सिर २०७७

इलाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले पार्टीकसैले फुटाउन नसक्ने दाबी गरेका छन् ।  मंगलबार इलामस्थित फिक्कलमा १५ शय्याको अस्पताल शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै नेता खनालले नेकपा स्पातले बनेको पार्टी भएकाले कसैले नेकपालाई फुटाउन नसक्ने र नफुट्ने बताएका हुुन् । 

‘नेकपा स्पातले बनेको पार्टी हो यो फुट्दैन । कसैले फुटाउन पनि सक्दैन’, खनालको भनाइ छ ।  उनले संविधान र कानुनहरुले पनि पार्टीलाई फुटाउन नदिने बताए ।  ‘पार्टीलाई हामी बहस र छलफलको माध्यमबाट अझ बलियो बनाउने पक्षमा छौ, बहस छलफलबाट आत्तिनुपर्ने कुरा छैन । बहसबाट नेकपा रुपान्तरण हुँदै जान्छ’, खनालको भनाइ छ । 


नेकपामा देखिएको बहसबाट कोही पनि खुशी हुनुनपर्ने भन्दै उनले नेकपा फुटिदिन्छ र ठूलो भाग खान पाउँछु भनेर कसैलाई नसोच्न पनि आग्रह गरे । 
‘पार्टीलाई चलाउँदा विधि र पद्धतिपूर्वक कसरी चलाउने, पार्टीलाई कसरी सम्बृद्ध र सुसंस्कृत पार्टी बनाउने अभियान पार्टी भित्र चलिरहेको र त्यही शिलशिलामा पार्टीका नेताहरुका बीचमा भिन्नताहरु देखापरेको हो’ खनालको दावी छ । 
‘कतिपय नेताहरुका बीचमा भिन्नताहरु देखापरेका छन्, मतमा, सोचमा, दृष्टिकोणमा, कार्यशैलीमा पद्धतिमा भिन्नताहरु छन’ खनालको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप