शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सानिमा बैंकबाट ‘कर्पोरेट पे’ प्रणालीको थालनी

सोमबार, १५ मङ्सिर २०७७, १७ : ०८
सोमबार, १५ मङ्सिर २०७७

काठमाडौं । सानिमा बैंक लिमिटेडले आफ्ना व्यवसायिक ग्राहकहरुका लागि बैंक खाताबाट डिजिटल भुक्तानी गर्न सकिने गरी पहिलो पटक ‘कर्पोरेट पे’ प्रणालीमार्फत सुरु गरेको छ । ‘कर्पोरेट पे’ सलुसन नेपाल क्लियरिङ्ग हाउसद्वारा प्रवर्धित बैंकिङ्ग कारोबार गर्ने विद्युतीय माध्यम हो । 

बैंकले आफ्ना व्यवसायिक ग्राहकहरुलाई प्रदान गरेको उक्त डिजिटल भुक्तानी प्रणाली मार्फत कर्मचारीलाई तलब भुक्तानी, तेस्रो पक्षलाई भुक्तानी, सरकारी राजस्व भुक्तानी लगायतका अन्य विभिन्न व्यवसायिक भुक्तानीहरु बैंक खाताबाट सजिलै गर्न सक्नेछन् । उक्त प्रणाली मार्फत कनेक्ट आईपीएस अथवा एनसीएचएल आईपीएसमा रियल–टाइम वा नन–रियलटाइममा भुक्तानी गर्न सक्नेछन् । 

‘कर्पोरेट पे’मा आबद्ध हुनका लागि व्यवसायिक ग्राहकले आवश्यक प्रकृया पूरा गरी आफैले तोकेको कारोबार सीमा भित्र कुनै पनि भुक्तानीहरु बैंकको प्रत्यक्ष संलग्नता बिना नै गर्न सक्दछन् । यस प्रणालीमा मल्टी लेयर अथेन्टिकेशनको सुरक्षित व्यवस्था गरिएको छ ।

कुनै पनि कारोबार प्रविष्ट गर्न र स्वीकृत गर्न ग्राहक आफैले निर्धारण गरेको आधिकारीक प्रयोगकर्ताहरुले मात्र प्रयोग गर्न पाउने छन् । डिजिटल भुक्तानी प्रणालीलाई प्रवर्धन गर्दै आएको सानिमा बैंकले यस प्रणालीेको थालनीलाई एक महत्वपूर्ण कदमको रुपमा समेत लिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप