बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सत्ता संघर्षलाई व्यवस्थापन गर्न नेकपाले संसद बन्द राख्यो : सहमहामन्त्री महत

सोमबार, १५ मङ्सिर २०७७, १७ : ४९
सोमबार, १५ मङ्सिर २०७७

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले सत्ता संघर्षलाई व्यवस्थापन गर्न सत्तारुढ दलले लामो समयसम्म संसद बन्द राखेको आरोप लगाएका छन् ।

महामारीको समयमा पनि संसद बन्द गरेर सत्तारुढ दलले आफ्नो पार्टी भित्रको सत्ता संघर्षको खेललाई व्यवस्थित गर्न ध्यान दिएको आरोप उनले लगाए । नेपाल सांस्कृतिक संघका पदाधिकारीहरुसँको अन्तरक्रियामा महतले पाँच महिना लामो लकडाउन र निषेधाज्ञा खुलेपनि आर्थिक र सामाजिक जीवन आफ्नो लयमा फर्किन नसकेको बताए ।

उनले सत्तारुढ दलले राज्यका संयन्त्रलाई प्रभावमा पारेर जनतालाई झुक्याइरहेको समेत बताए । प्रतिपक्षी दल काँग्रेसले कोरोनाविरुद्ध सचेतना अभियान, प्रत्यक्ष कोभिड प्रभावितहरु आवाज सरकारसम्म पु¥याउने विषयलाई मुख्य प्राथमिकताका साथ उठाएपनि सरकारले आफ्नो कुरा सहज रुपमा नसुनेको बताए ।

संक्रमणको जोखिमका कारण बाहिर निस्किन सक्ने अवस्था नभएको फाइदा उठाउँदै सरकारले संसद बन्द गरी आफ्नो सुरक्षा कवचका रुपमा प्रयोग गरिरहेको आरोप समेत लगाए ।

काँग्रेसको कोभिड—१९ अनुगमन समितिका संयोजक समेत रहेका महतसँग सांस्कृतिक संघका पदाधिकारीहरुले निश्चित मापदण्ड बनाएर चलचित्रसँग सम्बन्धित सम्पूर्ण विधालाई खुला गर्न पहल गर्न आग्रह गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप