शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नेप्से २ हजार पुगेपछि धितोपत्र बोर्डले भन्यो : सचेत भएर लगानी गर्नू

सोमबार, १५ मङ्सिर २०७७, १७ : ५५
सोमबार, १५ मङ्सिर २०७७

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज परिसूचक नेप्सेले २ हजारको विन्दुलाई छोएपछि नेपाल धितोपत्र बोर्डले मुख खोलेको छ । बोर्डले लगानीकर्तालाई बजारमा लगानीकर्ताहरुलाई सुझबुझपूर्र्ण ढंगले बजारमा लगानी गर्न आग्रह गरेको हो ।

सोमबार विज्ञप्ती जारी गर्दै बोर्डले भनेको छ, ‘बजारमा लगानी गर्दा हल्ला र अनुमानको पछाडि नलागी विश्व अर्थतन्त्र, राष्ट्रिय अर्थतन्त्र, तथा सूचीकृत संगठित संस्थाहरुको वित्तीय स्थितिको विश्लेषण, संस्थागत सुशासनको अवस्था, एवं लगानीकर्ताको जोखिम बहन गर्ने क्षमता तथा आफ्नो लगानीको सुरक्षा आदि समेतलाई दृष्टिगत गरी सजग र सुझबुझपूर्ण रुपमा लगानी गर्न सम्पूर्ण लगानीकर्तालाई बोर्ड अनुरोध गर्दछ ।’ 
बोर्डले पुँजीबजारको विकास र विस्तार गर्दै यसको शुक्षम रुपमा अनुगमन र सुपरिवेक्षण समेत गरिरहेको जनाएको छ । हाल बजारमा ८ लाख भन्दा बढी लगानीकर्ता, २१ लाख ८० हजार डिम्याट खाता रहेको तथा ८५ प्रतिशत कारोबार अनलाइन माध्यमबाट हुने गरेकोले बजारमा उल्लेख्य वृद्धि भएर ऐतिहासिक उच्च विन्दुमा पुगेको भन्दै यो खुसीको कुरा भएको समेत जनाएको छ । 

उद्यपि लगानी गर्दा पुँजीबजारको स्थापित मूल्य र मान्यता अनुसार सूचीकृत संस्थाको वित्तीय अवस्था, ती संस्थाहरुको आधारभूत तथा प्राविधिक पक्ष, ऐन नियमको पालनाको अवस्थाका साथै समग्र वित्तीय तथा आर्थिक परिसूचकको विश्लेषण गरेर मात्रै लगानी सम्बन्धी निर्णय लिन भन्दै सचेत गराएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप