शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

जो बाइडेनको सिनियर प्रेस टीममा महिलालाई मात्र स्थान दिइने

सोमबार, १५ मङ्सिर २०७७, १८ : ०५
सोमबार, १५ मङ्सिर २०७७

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले आफ्नो सिनियर प्रेस टीममा महिलाहरुलाई मात्र राखेका छन् । उनको कार्यालयको दाबी छ, यो इतिहासमा पहिलो पटक भएको हो ।

यस टोलीको नेतृत्व केट बेडिंगफिल्डले गर्नेछिन् । उनी बाइडेनको अभियानको डेप्युटी कम्युनिकेसन डाइरेक्टर रहिसकेकी छन् । त्यस्तै, राष्ट्रपति बराक ओबामाको कार्यकालमा ह्वाइट हाउसको कम्युनिकेसन डाइरेक्टर रहेकी जेन साकी बाइडेनको प्रेस सचिव बन्नेछिन् । बाइडेनले आफ्नो प्रशासनलाई देशको विविधता दर्शाउने गरी विविध बनाइने बताए ।

बाइडेनले आफ्नो वक्तव्यमा भनेका छन्, ‘मलाई यो घोषणा गर्दा गर्व भइरहेको छ कि ह्वाइट हाउसको पहिलो सिनियर कम्युनिकेशन टीममा सबै महिला हुनेछन् । यी योग्य, अनुभवी कम्यूनिकेटर्सहरुले काममा विविध नजरिया लिएर आउनेछन् र यस देशलाई पुनः बनाउन हाम्रो साझा प्रतिबद्धता साथ आउनेछन् ।’

त्यस्तै, निर्वाचित उपराष्ट्रपति कमला ह्यारिसका दुई मुख्य प्रेस अधिकारी सिमोन सेन्डर्स र ऐश्ली एटीन हुनेछन् । क्याबिनेटको पद जस्तै प्रेस टीमका लागि सिनेटको अनुमति आवश्यक हुँदैन ।

आगामी २० जनवरीमा बाइडेनले राष्ट्रपति पदको शपथ लिनेछन् । उनलाई सोमबार राष्ट्रपतिको रुपमा पहिलो ब्रिफिङ दिइनेछ जसमा उनलाई गोपनीय जानकारी दिइनेछ ।

बीबीसी हिन्दी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप