बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

मोडेर्ना कम्पनीले अमेरिका र युरोपमा खोपको आपत्कालिन प्रयोगका लागि आज अनुमति माग्ने

सोमबार, १५ मङ्सिर २०७७, १८ : ३२
सोमबार, १५ मङ्सिर २०७७

अमेरिकी कम्पनी मोडेर्नाले अमेरिकी र युरोपियन नियामक निकायलाई कोभिड–१९ विरुद्धको खोपको आपत्कालिन प्रयोगका लागि सोमबार अनुमाति माग्ने भएको छ । अध्ययनको नयाँ तथ्याङ्कले खोपले भाइरसविरुद्ध सशक्तरुपमा रक्षा गर्ने देखाएपछि बिग्रदो महामारीको अवस्थालाई नियन्त्रण गर्ने दौड सुरु गर्न लागिएको हो ।

‘मोडेर्नाले ईयूए (इमर्जेन्सी युज अथोराइजेसन) का लागि अमेरिकी एफडीए (फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन) सँग आज अनुमति माग्ने योजना बनाएको छ,’ कम्पनीले जारी विज्ञप्तिमा भनिएको छ, ‘त्यस्तै, ससर्त मार्केटिङको लागि युरोपियन मेडिसिन्स एजेन्सी (ईएमए) का लागि अनुमति मागिनेछ ।’

पछिल्लो समय युरोप र अमेरिकामा तीव्ररुपमा फैलिरहेको महामारीलाई नियन्त्रण गर्नका लागि एकभन्दा बढी खोपहरु सफल हुन आवश्यक रहेको विज्ञहरु बताउँछन् । यतिबेला अमेरिकामा हरेक दिन १ लाख ६० हजारभन्दा बढी संक्रमित भेटिरहेका छन् भने १ १४ सयभन्दा बढीको मृत्यु भइरहेको छ । त्यहाँ अस्पतालहरु भारी भराउ बनेका छन् ।

करिब एक वर्षअघि चीनमा पहिलो पटक देखिएको भाइरसले विश्वभर १४ लाखभन्दा बढीको ज्यान लिइसकेको छ । मोडेर्ना डिसेम्बरबाट अमेरिकामा खोपको कार्यक्रम शुरुवात गर्नमा फाइजर र उसको जर्मन पार्टनर बायोएनटेकभन्दा केही कदममात्र पछि रहेको छ । यता, बेलयाती नियामक निकायहरु फाइजर र एस्ट्राजेनेकाको खोप प्रयोग गर्नेबारे मूल्याङ्कन गरिरहेको छ ।

मोडेर्नाले अमेरिकी नेशनल इन्सिटिट्यूट अफ हेल्थसँग मिलेर खोपको विकास गरेको हो । शुरुवाती चरणमा खोप ९४ प्रतिशत प्रभावकारी भएको नतिजा प्राप्त भएको कम्पनीको भनाइ छ ।

मोडेर्नाले खोप लगाएपछि हालसम्म सामान्य फ्लू जस्तो साइड इफेक्ट मात्र देखिएको बताउँदै खोपले आपत्कालिन प्रयोगका लागि अमेरिकी एफडीएले तय गरेको मापदण्ड पुरा गरेको दाबी गरेको छ ।

युरोपको ईएमएले आपत्कालिन प्रयोगको प्रक्रियालाई फास्ट ट्रयाकमा अघि बढाउने संकेत गरेको छ ।

स्रोतः अलजजिरा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप