बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

धादिङमा एकै दिन पाँच अस्पतालको शिलान्यास

सोमबार, १५ मङ्सिर २०७७, १९ : २३
सोमबार, १५ मङ्सिर २०७७

धादिङ । जिल्लाका पाँच स्वास्थ्य संस्थाहरुको आज शिलान्यास भएको छ । त्रिपुरासुन्दरी, गल्छी, ज्वालामुखी, ज्वालामुखी र बेनिघाटरोराङ गाउँपालिकामा अस्पतालको शिलान्यासपछि स्थानीयवासी हर्षित भएका छन् । त्रिपुरासुन्दरी गाउँपालिकाको सल्यानटारका सङ्घीय सांसद खेम लोहनीले एक कार्यक्रमबीच शिलान्यास गरे ।

गाउँपालिका अध्यक्ष शम्भु थापाले सरकारले रकम उपलब्ध गराएपछि गाउँपालिकाको समेत लागतमा अस्पताल निर्माण गर्न लागिएको बताए । यसैगरी गल्छी गाउँपालिकाको बैरेनीमा १० श्ययाको अस्पतालको आज पूर्व शिक्षामन्त्री गङ्गालाल तुलाधरले शिलान्यास गरेका छन् । सो अवसरमा गाउँपालिका अध्यक्ष कृष्णहरि श्रेष्ठ र उपाध्यक्ष राधा तिमल्सिनाले गाउँमै अस्पताल बनाउन सङ्घीय सरकारले गरेको सहयोगको उपयोग गर्दै स्थानीय सरकारले अस्पताल बनाउन लागेको बताएका छन् । यो भवनको रु १८ करोड ८७ लाखमा निर्माण सम्पन्न हुनेछ ।  

त्यस्तै ज्वालामुखी गाउँपालिकाको मैदीमा १५ श्ययाको अस्पतालको सङ्घीय सांसद खेम लोहनीले शिलान्यास गरेका छन् । गाउँमै अस्पताल  बनाएर स्वास्थ्यकर्मी भएपछि जनताले गाउँमै रहेको सरकारको महसुस गर्ने सांसद लोहनीले बताएका छन् । बेनिघाटरोराङ गाउँपालिका बेनिघाटमा १० श्ययाको अस्पताल निर्माण शुरु गर्नका लागि आज गाउँपालिका अध्यक्ष हरि डल्लाकोटीले एक समारोहबीच शिलान्यास गरेका छन् ।

यो अस्पतालको लागत रु १० करोड ८३ लाखको लागतमा निर्माण हुनेछ । यसैगरी गङ्गाजमुना गाउँपालिका फूलखर्कमा पाँच श्ययाको अस्पतालको संविधानसभा सदस्य धनबहादुर घलेले शिलान्यास गरेका छन् । यो अस्पताल रु एक करोड ७० लाखमा निर्माण हुनेछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप