शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सरकार भ्रष्टाचारी संरक्षणमा लाग्दा राजावादीहरुले चलखेल गर्ने मौका पाए : सभापति शाह

सोमबार, १५ मङ्सिर २०७७, १९ : ५७
सोमबार, १५ मङ्सिर २०७७

बुटवल । सार्वजनिक लेखा समिति सभापती भरत कुमार शाहले सरकार भ्रष्टाचारी संरक्षण र कमिसनतन्त्रमा लाग्दा जनतामा निरासा बढेको  बताएका छन् ।

कोरोना महामारीको बेलामा सरकारले जनतालाई राहत दिने काम गर्नेतर्फ ध्यान नदिई पदमा बसेकाहरु कमिसनतन्त्रतिरलाग्दा राजाबादीहरुको चलखेल गर्ने अवसर समेत पाएको बताए ।

आज रुपन्देहीको तिलोत्तमा १७ विपिग्राम सेवा केन्द्रमा निर्माण हुन लागेको १५ श्ययाको अस्पताल सिलन्याश कार्यक्रममा नेता शाहले सरकार नै भ्रष्टाचारमा र कमिसनतन्त्रको खेलमा लाग्दा जनतामा निरासा बढेको र राजावादीहरुले चलखेल गर्ने मौका पाइरहेको बताए ।

नेकपा भित्रको आन्तरिक द्धन्द्ध र भ्रष्टाचारले मुलुकलाइ बार्बादिको दिशा तर्फ धकेलेको पनि नेता शाहले दावी गरे ।

‘जनताले तपाइहरुलाइ दिएको दुइ तिहाइ मत आन्तरिक किचलोमा भुल्न र भ्रष्टाचारी संरक्षण गर्न होइन । शुसाशन कायम गर्दै विकास र समृद्धि ल्याउन हो,’ नेता शाहले भने । 

रसायनिक मलकालागि  ११ अर्ब बजेट छुटयाएपनि कमिसनतन्त्रकै कारण सरकारले समयमै मल ल्याउन नसकेको भन्दै उनले दुइ तिहाइको सरकारले जनताको हितमा सिन्को भाच्न नसकेको दावी गरे । उनले विकास र सुशासनमा ओली सरकार पूर्णत असफल भएको बताए ।

नेता शाहले सरकारले ट्रान्सपरेन्सी इन्टरन्यास्नलको रिपोर्ट मान्दिन भनेपनि सो रिर्पोटले भनेजस्तै देश भ्रष्टाचारले अक्रान्त बन्दै गएको दावी गरे ।

भ्रष्टाचारका ठुलठुला काण्डहरु नेपाली काँग्रेसले नै सदन मार्फत उजागर गरेको भन्दै उनले लेखा समितिले कारबाहीका लागि सिफारिस गरेका भ्रष्टाचारीलाइ समेत सरकारले नै संरक्षण गर्दा मुलुकमा दण्डहिनता मौलाएको बताए ।

नेता शाहले सडक र पुल निर्माण मात्रै विकासको मानक नभएको भन्दै स्वास्थ्य,शिक्षा र गरिबी उन्मुलन नै एक्काइसौं सताब्दीको विकास भएको उल्लेख गरे ।  उनले त्यो पुष्टी अहिले भएको कोरोनाबाट पनि भएको बताए ।

रुपन्देहीबाट निर्वाचित प्रतिनिधि सांसद शाहले रुपन्देहीमा विकासको लहर ल्याएको भनेर गफ दिनेहरु नै बुटवलबाट राजधानी सार्न भित्रभित्रै भुमीका खेलेको पनि आरोप लगाए ।

विपिग्राममा स्थापना हुने अस्पताल पार्टी विशेषको अस्पताल नभइ सिंगो तिलोत्तमा बासीको अस्पताल भएकाले तीन तहकै सरकार र अन्य राजनीतिक पार्टीले पनि पुर्ण सहयोग गर्नु पर्नेमा उनले जोड दिए ।

विपि ग्राम सेवा केन्द्रमा निर्माण हुन लागेको १५ शैयाको अस्पताल निर्माणकालागि संघ सरकारले गत र यो आर्थिक बर्षमा गरी १८ करोड ४४ लाख बजेट छुट्याएको छ । सो अस्पतालमा बर्थिङ सेन्टर संचालनकालागि तिलोत्तमा नगरपालिकाले गत बर्ष ३० लाख र यो बर्ष २० लाख बजेट बिनीयोजन गरेको तिलोत्तमा ९ का वाडाध्यक्ष नारायाण न्यौपानेले बताए । कुल साढे ५ बिगाह क्षेत्रफलमा सो अस्पताल निर्माण हुदैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप